चिनियाँ राष्ट्रपतिको भ्रमण– २८ जना ‘शंकास्पद व्यक्ति’ पक्राउ « Khabarhub

चिनियाँ राष्ट्रपतिको भ्रमण– २८ जना ‘शंकास्पद व्यक्ति’ पक्राउ


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका बेला हुनसक्ने संभावित विरोध प्रदर्शन रोक्न प्रहरीले २८ जना ‘शंकास्पद व्यक्ति’लाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बिहीबार साँझदेखि शनिबार मध्याह्नसम्म गरी काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट २८ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले सी काठमाडौं उत्रिने दिन शनिबार मात्रै ४ जनालाई काठमाडौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ ।

काठमाडौंको तीनकुने, बिजुलीबजार र थापाथली क्षेत्रबाट नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ ।

राष्ट्रपति सी शनिबार अपराह्न साढे ४ बजेदेखि ५ बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने जनाइएको छ ।

सीको सवारी हुने रुटमा दिउँसो २ बजेदेखि नै पूर्ण रुपमा सवारी सञ्चालनमा रोक लगाइने जनाइएको छ ।

सीको सवारीका क्रममा पैदल यात्री र सर्वसाधारणलाई समेत सडक किनारामा उभिन नदिइने प्रहरीले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई लक्षित गरी काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सीको भ्रमणका बेला सुरक्षा व्यवस्थापनका लागि १५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सीको सुरक्षाका लागि चीनबाटै आएका चिनियाँ जनमुक्ति सेनाका अतिरिक्त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  १ : ३३ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग