चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको ‘नयाँ अर्थ’ छ– प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको ‘नयाँ अर्थ’ छ– प्रधानमन्त्री ओली


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको ‘नयाँ अर्थ’ रहेको बताएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वासँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सीको भ्रमणले नेपाल र चीनबीचको सम्बन्धलाई थप नयाँ उचाइमा पु¥याउने बताए । सीको भ्रमणले राजनीतिक, आर्थिक सामाजिक र सांस्कृतिक सम्बन्ध थप सुदृढ हुने प्रधानमन्त्रीको भनाइ थियो ।

सन् १९५५ मा स्थापना भएको नेपाल चीनबीचको कूटनीतिक सम्बन्ध बलियो बन्दै गइरहेको छ । हामी दुवै देशहरू राम्रो छिमेकी देश हौँ, पुराना साथी र असल दाजुभाई हौँ’, प्रधानमन्त्री ओलीले भने,’हाम्रो एक अर्काप्रतिको विश्वास अटल छ । ‘

नेपालले आर्थिक विकासमा ध्यान केन्द्रित गरिरहेको भन्दै ओलीले बेल्ट एण्ड रोड इनिसियटिभमार्फत हामीले रोड, रेल्वे र हवाईसेवामार्फत कनेक्टिभिटी बढाउन प्रयासरत गरिरहेको बताए ।

चिनियाँ राष्ट्रपति सी आज दुई दिने भ्रमणका लागि काठमाडौं आउँदैछन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ३ : ०६ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका