चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको ‘नयाँ अर्थ’ छ– प्रधानमन्त्री ओली « Khabarhub

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको ‘नयाँ अर्थ’ छ– प्रधानमन्त्री ओली


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको ‘नयाँ अर्थ’ रहेको बताएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वासँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सीको भ्रमणले नेपाल र चीनबीचको सम्बन्धलाई थप नयाँ उचाइमा पु¥याउने बताए । सीको भ्रमणले राजनीतिक, आर्थिक सामाजिक र सांस्कृतिक सम्बन्ध थप सुदृढ हुने प्रधानमन्त्रीको भनाइ थियो ।

सन् १९५५ मा स्थापना भएको नेपाल चीनबीचको कूटनीतिक सम्बन्ध बलियो बन्दै गइरहेको छ । हामी दुवै देशहरू राम्रो छिमेकी देश हौँ, पुराना साथी र असल दाजुभाई हौँ’, प्रधानमन्त्री ओलीले भने,’हाम्रो एक अर्काप्रतिको विश्वास अटल छ । ‘

नेपालले आर्थिक विकासमा ध्यान केन्द्रित गरिरहेको भन्दै ओलीले बेल्ट एण्ड रोड इनिसियटिभमार्फत हामीले रोड, रेल्वे र हवाईसेवामार्फत कनेक्टिभिटी बढाउन प्रयासरत गरिरहेको बताए ।

चिनियाँ राष्ट्रपति सी आज दुई दिने भ्रमणका लागि काठमाडौं आउँदैछन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ३ : ०६ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि