चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा ‘रेड कार्पेट’ स्वागत (फोटो फिचर) « Khabarhub

चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा ‘रेड कार्पेट’ स्वागत (फोटो फिचर)


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आइपुगेका छन् ।

शनिवार(आज) अपराह्न साढे ४ बजे सी चाइना एयरको विशेष विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

चेन्नाइमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको अनौपचारिक शिखर वार्ता सम्पन्न गरी सी नेपाल आएका हुन् ।

सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा स्वागत गरेकी थिइन् ।

भण्डारीका साथै पञ्चकन्याले माला प्रदान गरेर सीको स्वागत गरेका थिए ।

सीको सम्मानमा विमानस्थलमा नै नेपाली सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो ।

सैनिक टुकडीले चिनियाँ र नेपाली राष्ट्रि धुनसहित सम्मान गारथ अर्पण गरेको थियो ।

त्यसपछि राष्ट्रपति भण्डारीले सीलाई उपराष्ट्रपति, प्रधानमन्त्री लगायतसँग परिचय गराएकी थिइन् ।

विमानस्थलमा सांस्कृतिक झाँकी राष्ट्रपती सीको स्वागतमा प्रदर्शन गरिएको थियो ।

‘गार्ड अफ अनर’ ग्रहरण गरेसँगै राष्ट्रपति सीको ‘कारगेट’ होटल सोल्टी प्रस्थान गरेको थियो ।

तिनकुने, वानेश्वर, माइतिघर, त्रिपुरेश्वर लगायतका स्थानमा विभिन्न जातजातीका भेषभूषामा सजिएका सर्वसाधारण र सरकारी कर्मचारीले राष्ट्रपति सीलाई स्वागत गरेका थिए ।

केही बेर होटल सोल्टीमा आराम गरेपछि सी राष्ट्रपति भण्डारीसँग भेटवार्ताका लागि शीलतनिवास जाने कार्यक्रम रहेको छ ।

सीले आजै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ भने राष्ट्रपति भण्डारीले आयोजना गरेको राजकीय भोजमा सी सहभागी हुनेछन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ६ : ५० बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले