चिनियाँ समकक्षीलाई राष्ट्रपति भण्डारीको आग्रह– दिगो विकासको लक्ष्य हासिलमा सहयोग गर्नुहोस् « Khabarhub

चिनियाँ समकक्षीलाई राष्ट्रपति भण्डारीको आग्रह– दिगो विकासको लक्ष्य हासिलमा सहयोग गर्नुहोस्


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आह्वान गरेकी छन् ।

चिनियाँ समकक्षी सी चिनफिङको राजकीय भ्रमणको सम्मानमा काठमाडौंको ताहाचलस्थित सोल्टी होटलमा आयोजित राजकीय भोजलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गरेकी हुन् ।

नेपालले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने बाटोमा रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले उक्त लक्ष्य हासिल गर्न चीनको सहयोगको अपेक्षा गरिन् ।

नेपाललाई वैदेशिक लगानीको खाँचो रहेको उल्लेख गरेकी राष्ट्रपति भण्डारीले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको पनि बताइन् ।

राष्ट्रपति भण्डारीले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्र बनाउन चीनको सहयोग आवश्यक रहेको पनि बताइन् ।

नेपालले आगामी अप्रिल महिनामा काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्न लागेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले उक्त संवादमा चीनका तर्फबाट उच्चस्तरीय सहभागिता हुने अपेक्षा समेत गरिन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ८ : ५९ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले