चिनियाँ समकक्षीलाई राष्ट्रपति भण्डारीको आग्रह– दिगो विकासको लक्ष्य हासिलमा सहयोग गर्नुहोस् « Khabarhub

चिनियाँ समकक्षीलाई राष्ट्रपति भण्डारीको आग्रह– दिगो विकासको लक्ष्य हासिलमा सहयोग गर्नुहोस्


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आह्वान गरेकी छन् ।

चिनियाँ समकक्षी सी चिनफिङको राजकीय भ्रमणको सम्मानमा काठमाडौंको ताहाचलस्थित सोल्टी होटलमा आयोजित राजकीय भोजलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गरेकी हुन् ।

नेपालले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने बाटोमा रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले उक्त लक्ष्य हासिल गर्न चीनको सहयोगको अपेक्षा गरिन् ।

नेपाललाई वैदेशिक लगानीको खाँचो रहेको उल्लेख गरेकी राष्ट्रपति भण्डारीले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको पनि बताइन् ।

राष्ट्रपति भण्डारीले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्र बनाउन चीनको सहयोग आवश्यक रहेको पनि बताइन् ।

नेपालले आगामी अप्रिल महिनामा काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्न लागेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले उक्त संवादमा चीनका तर्फबाट उच्चस्तरीय सहभागिता हुने अपेक्षा समेत गरिन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ८ : ५९ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग