नेपाललाई भूपरिवेष्टितबाट भूजडित राष्ट्र बन्न सहयोग गर्ने चिनियाँ राष्ट्रपतिको घोषणा « Khabarhub

नेपाललाई भूपरिवेष्टितबाट भूजडित राष्ट्र बन्न सहयोग गर्ने चिनियाँ राष्ट्रपतिको घोषणा


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई भूपरिवेष्टित राष्ट्रबाट भूजडित राष्ट्र बन्ने सपना साकार पार्न सहयोग गर्ने बताएका छन् ।

२ दिने राजकीय भ्रमणको क्रममा नेपालमा रहेका राष्ट्रपति सीले आफ्नो सम्मानमा आयोजित राजकीय भोजलाई सम्बोधन गर्ने क्रममा भूपरिवेष्ठितबाट भूजडित राष्ट्र बन्ने नेपालको सपना साकार पार्न सहयोग गर्ने बताएका हुन् ।

राष्ट्रपति सीले नेपाल–चीन सीमापार रेलमा मार्गको सम्भाव्यता अध्ययनका लागि सहयोग गर्ने पनि बताए ।

सीमापार रेल मार्गको सम्भाव्यता अध्ययन गर्ने र काठमाडौंसम्मको सुरुङ मार्गलाई अघि बढाउन चीन सक्रिय हुने सीको भनाइ थियो ।

‘सीमा पार रेल मार्गको सम्भाव्यता अध्ययन गर्ने, काठमाडौंसम्मको सुरुङ मार्गलाई अघि बढाउन सक्रिय हुने छौं’ सीले भने, ‘नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देश बनाउन सहयोग गर्ने छौं ।’

२ दिने राजकीय भ्रमणअन्तर्गत लागि शनिवार अपराह्न नेपाल आएका सीले आफ्नो पहिलो काठमाडौं भ्रमणको आतिथ्यताका लागि नेपाललाई धन्यवाद दिए ।

‘काठमाडौंमा मेरो पहिलो भ्रमण हो’ सीले भने, ‘नेपालको स्थायीत्व र जनताको सुखी जीवन प्रति म हर्षित छु, भविष्यप्रतिको आशा जागेको छ ।’
भ्रमणले दुई देशबीचको घनिष्ट राजनीतिक सम्बन्ध अझै मजबूद बन्नेमा आफू आशावादी रहेको सीको भनाइ थियो ।

‘चीन र नेपालले शताब्दिऔं देखिको मैत्रीपूर्ण सम्बन्धको नमूना विश्वमा पेश गरेको छ,’ सीले भने, ‘नेपाल र चीनका बीचमा केही समस्या छैन, मित्रता मात्र छ ।’

राष्ट्रपति भण्डारी र आफूले चुनौती र कठिनाइलाई मिलेर सामना गरि अघि बढ्न सहमति गरेको सीले बताए ।

राष्ट्रपति सीले नेपालमा भूकम्पपछिको पुनःनिर्माण परियोजनालाई चीनले सक्रियताका साथ अघि बढाइरहेको बताए ।

नेपालले सन् २०२० लाई भ्रमण वर्ष मनाउन लागेको भन्दै सीले यसबीचमा धेरै भन्दा धेरै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि पठाउन उत्प्रेरित गर्ने पनि बताए ।

बुद्धको जन्म स्थल लुम्बिनीमा आगामी दिनमा धेरै भन्दा धेरै चिनियाँ पर्यटक आउने विश्वास उनले व्यक्त गरे ।

चीन र नेपालले बहुपक्षीय सहकार्य गर्ने सीको भनाइ थियो । नेपाल र चीनले बहुलबाद र आर्थिक भूमण्डलीकरणलाई समर्थन गर्नुपर्ने उनको भनाइ थियो ।

जलवायु परिवर्तनको मिलेर सामना गर्नुपर्ने भन्दै सीले चीन सगरमाथा र हिमालय क्षेत्रको रक्षा गर्न सदा तत्पर रहने बताए ।

‘नेपालका नेतासँग मिलेर चीन र नेपालको विकासको खाका बनाउन पाएकोमा खुसी छु,’ सीले भने ।

प्रधानमन्त्री केपी ओलीसँग द्वीपक्षीय सरोकारका विषयमा मिलेर अघि जाने गरी कुरा गर्ने उनको भनाइ थियो । ‘शुरु गरेका योजनाहरुलाई पूरा गरेरै छोडौं,’ सीले भने ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ९ : १८ बजे

भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडानहरू पुनः सुरु

एजेन्सी– भारतीय एयरलाइन्सले युद्धका कारण मध्य पूर्वका देशहरूमा रोकिएका हजारौं

कालीकोटका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइयो

मान्म– कालीकोट जिल्लाका १२८ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुर्‍याइएको

ईरान–इजराइल युद्धका कारण चिनियाँ रिफाइनरीले सञ्चालन घटायो

यूएई- चीनको ठूलो रिफाइनरी कम्पनी झेजियाङ्ग पेट्रोकेमिकल कर्पले आफ्नो अपरेशन

निर्वाचनका लागि उपत्यकाबाट बाहिरिँदै मतदाता

काठमाडौं– बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट

पुल्चोकको दाउरा थकालीमा आगलागी (तस्बिरहरू)

काठमाडौं – ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको