नेपाललाई भूपरिवेष्टितबाट भूजडित राष्ट्र बन्न सहयोग गर्ने चिनियाँ राष्ट्रपतिको घोषणा | Khabarhub Khabarhub

नेपाललाई भूपरिवेष्टितबाट भूजडित राष्ट्र बन्न सहयोग गर्ने चिनियाँ राष्ट्रपतिको घोषणा


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई भूपरिवेष्टित राष्ट्रबाट भूजडित राष्ट्र बन्ने सपना साकार पार्न सहयोग गर्ने बताएका छन् ।

२ दिने राजकीय भ्रमणको क्रममा नेपालमा रहेका राष्ट्रपति सीले आफ्नो सम्मानमा आयोजित राजकीय भोजलाई सम्बोधन गर्ने क्रममा भूपरिवेष्ठितबाट भूजडित राष्ट्र बन्ने नेपालको सपना साकार पार्न सहयोग गर्ने बताएका हुन् ।

राष्ट्रपति सीले नेपाल–चीन सीमापार रेलमा मार्गको सम्भाव्यता अध्ययनका लागि सहयोग गर्ने पनि बताए ।

सीमापार रेल मार्गको सम्भाव्यता अध्ययन गर्ने र काठमाडौंसम्मको सुरुङ मार्गलाई अघि बढाउन चीन सक्रिय हुने सीको भनाइ थियो ।

‘सीमा पार रेल मार्गको सम्भाव्यता अध्ययन गर्ने, काठमाडौंसम्मको सुरुङ मार्गलाई अघि बढाउन सक्रिय हुने छौं’ सीले भने, ‘नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देश बनाउन सहयोग गर्ने छौं ।’

२ दिने राजकीय भ्रमणअन्तर्गत लागि शनिवार अपराह्न नेपाल आएका सीले आफ्नो पहिलो काठमाडौं भ्रमणको आतिथ्यताका लागि नेपाललाई धन्यवाद दिए ।

‘काठमाडौंमा मेरो पहिलो भ्रमण हो’ सीले भने, ‘नेपालको स्थायीत्व र जनताको सुखी जीवन प्रति म हर्षित छु, भविष्यप्रतिको आशा जागेको छ ।’
भ्रमणले दुई देशबीचको घनिष्ट राजनीतिक सम्बन्ध अझै मजबूद बन्नेमा आफू आशावादी रहेको सीको भनाइ थियो ।

‘चीन र नेपालले शताब्दिऔं देखिको मैत्रीपूर्ण सम्बन्धको नमूना विश्वमा पेश गरेको छ,’ सीले भने, ‘नेपाल र चीनका बीचमा केही समस्या छैन, मित्रता मात्र छ ।’

राष्ट्रपति भण्डारी र आफूले चुनौती र कठिनाइलाई मिलेर सामना गरि अघि बढ्न सहमति गरेको सीले बताए ।

राष्ट्रपति सीले नेपालमा भूकम्पपछिको पुनःनिर्माण परियोजनालाई चीनले सक्रियताका साथ अघि बढाइरहेको बताए ।

नेपालले सन् २०२० लाई भ्रमण वर्ष मनाउन लागेको भन्दै सीले यसबीचमा धेरै भन्दा धेरै चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका लागि पठाउन उत्प्रेरित गर्ने पनि बताए ।

बुद्धको जन्म स्थल लुम्बिनीमा आगामी दिनमा धेरै भन्दा धेरै चिनियाँ पर्यटक आउने विश्वास उनले व्यक्त गरे ।

चीन र नेपालले बहुपक्षीय सहकार्य गर्ने सीको भनाइ थियो । नेपाल र चीनले बहुलबाद र आर्थिक भूमण्डलीकरणलाई समर्थन गर्नुपर्ने उनको भनाइ थियो ।

जलवायु परिवर्तनको मिलेर सामना गर्नुपर्ने भन्दै सीले चीन सगरमाथा र हिमालय क्षेत्रको रक्षा गर्न सदा तत्पर रहने बताए ।

‘नेपालका नेतासँग मिलेर चीन र नेपालको विकासको खाका बनाउन पाएकोमा खुसी छु,’ सीले भने ।

प्रधानमन्त्री केपी ओलीसँग द्वीपक्षीय सरोकारका विषयमा मिलेर अघि जाने गरी कुरा गर्ने उनको भनाइ थियो । ‘शुरु गरेका योजनाहरुलाई पूरा गरेरै छोडौं,’ सीले भने ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ९ : १८ बजे

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू