एसियन भलिबल कन्फेडेरेसनमा आज नेपाल र बंगलादेश भिड्दै « Khabarhub

एसियन भलिबल कन्फेडेरेसनमा आज नेपाल र बंगलादेश भिड्दै


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा आज (मंगलबार) नेपालले घरेलु टोली बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ ।

ढाकाको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल दिउँसो पौने १ बजे शुरु हुनेछ । सुरुवाती दुई खेल जितेर उपाधि होडमा बलियो देखिएको नेपाली टिमलाई घरेलु टोलीले परिक्षा लिनेछ ।

नेपालले पहिलो खेलमा अफगानिस्तान र दोस्रा खेलमा कीर्गिस्तानलाई सोझो सेटमा हराएको थियो । बंगलादेशलाई हराउँदै नेपाल फाईनल नजिक पुग्ने लक्ष्यमा हुनेछ ।

नेपालको मुख्य चुनौतीको रुपमा माल्दिभ्स छ । नेपालले लिग चरणको अन्तिम खेलमा भोली (बुधबार) माल्दिभ्ससंग खेल्नेछ ।

मुख्य प्रशिक्षक जगदीश भट्टले प्रतियोगिताको उपाधि जित्न खासै ठुलो चुनौती नभएको बताएका छन् । उनले प्रतियोगितामा सहभागी सबै टिमलाई हराउन सक्ने क्षमता नेपाली खेलाडीमा रहेको दाबी गरेका छन् ।

सोही कारण बंगलादेशविरुद्वको खेल राष्ट्रिय महिला भलिबल टिमलाई सहज हुने अपेक्षा गरिएको छ ।

राउण्ड रोबिन लिगको शीर्ष दुई टिमले फाईनल खेल्नेछन् । बंगलादेश भलिबल संघले आयोजना गरेको प्रतियोगितामा नेपाल सहित पाँच राष्ट्र सहभागी छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ६ : ३८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको