कुमारी बैंकद्वारा विद्यालयलाई ५ थान कम्युटर र छात्रवृत्ति « Khabarhub

कुमारी बैंकद्वारा विद्यालयलाई ५ थान कम्युटर र छात्रवृत्ति


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुमारी बैंकले काठमाडौं महानगरपालिका–१ कमलपोखरीस्थित कमल आधारभूत विद्यालयलाई ५ थान कम्युटर सहयोग प्रदान गरेको छ ।

बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुर्‍याउने उद्येश्यका साथ बैंकले विद्यालयलाई कम्प्युटर तथा कक्षा ९ का जेहेन्दर विद्यार्थी तुलसी राम चन्दलाई छात्रवृत्रि रकम प्रदान गरेको हो ।

कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक मान बहादुर खड्कालाई कम्युटर हस्तान्तरण गरेका थिए । सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको  बैंकले देशभर रहेका ११२ शाखा संजाल, १०० एटीएम्, ३ एक्सटेन्सन काउन्टर तथा १७ शाखारहित बैंकिङ्ग ईकाईहरुमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ७ : ०९ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग