जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात « Khabarhub

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात रहेको छ । 

दसैँ, तिहारलगायत चाडपर्वमा नुनको अभाव नहोस् भनेर पर्याप्त मौज्दात राखिएको साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालय जुम्लाका प्रमुख मुनीदत्त बुढाले जानकारी दिए ।

डिपोमा एक हजार ८१७ क्विन्टल नुन मौज्दात थियो । चालु आवको असोज १४ गतेसम्म ७६८ क्विन्टल नुन बिक्री भएपछि अहिले एक हजार ४९ क्विन्टल मौज्दात रहेको प्रमुख बुढाले बताए।

सिञ्जाको नराकोट डिपोबाट हिमाली र सिञ्जा गाउँपालिकाका साथै गुठीचौर डिपोबाट कनकासुन्दरी गाउँपालिकासीलाई नुन वितरण हुँदै आएको छ । चालु आवका लागि जुम्ला सदरमुकामसहित तीनवटै डिपोका लागि साल्ट ट्रेडिङ कर्पोरेसनको केन्द्रीय कार्यालयले नुनको कोटा निर्धारण गरेको छैन ।

नराकोट र गुठीचौर डिपोलाई सदरमुकाम खलङ्गाको डिपोबाट आवश्यकताअनुसार नुन पठाउने गरिएको प्रमुख बुढाले बताए।  जिल्लामा नुनको अभाव हुन नदिन नेपालगन्जबाट थप नुन माग गरिएको कार्यालयले जनाएको छ ।

पछिल्लो समय स्थानीय तहले समेत जुम्ला सदरमुकामको डिपोबाट नुन खरिद गरी वडाबाटै वितरण गर्दै आएका छन् ।
 

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १० : १० बजे

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग