डढेलोका कारण अस्ट्रेलियाका २ राज्यमा 'संकटकाल'को घोषणा | Khabarhub Khabarhub

डढेलोका कारण अस्ट्रेलियाका २ राज्यमा ‘संकटकाल’को घोषणा


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डढेका कारण अस्ट्रलियका २ राज्यलाई ‘संकटकाल’ घोषणा गरिएको छ । न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा संकटकालको घोषणा गरिएको हो।

मौसमको खतरनाक अवस्थाका कारण तीन दिनभित्र न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा कम्तीमा तीनजनाको ज्यान गएको छ भने हजारौं विस्थापित भएका छन्।

ती दुई राज्यहरूका एक सय २० भन्दा बढी स्थानमा ठूला झाडीहरूमा डढेलो लागेको बीबीसीले जनाएको छ ।

मंगलवार देशको सबैभन्दा ठूलो सहर सिड्नीमा एकदमै खराब खालको खतरा उत्पन्न हुनसक्ने त्यहाँको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगलागीका कारण न्यू साउथ वेल्समा ९ लाख ७० हजार हेक्टर भूमि प्रभावित भएको छ भने एक सय ५० घरहरू नष्ट भएका छन्।

क्वीन्सल्यान्डमा ९ वटा घरहरू नष्ट भएको बताइएको छ।

“हामी सबैले यस विषयमा सतर्क रहनुपर्छ र कुनै पनि हालतमा सुस्तता आउन दिनु हुँदैन,” न्यू साउथ वेल्स राज्यकी प्रमुख ग्लाडिस बेरेजिक्लियनले भनिन्।

जलवायु परिवर्तनका कारण आगलागीलाई बल पुगेको भन्ने आलोचनाको प्रतिक्रियामा अस्ट्रेलियाको अनुदार सरकारले त्यसको खण्डन गरेको छ।

‘कालो शनिवार’ भनेर चिनिने एउटा प्रकोपपश्चात् एक दशक अघि आगलागीको खतराबारे त्यहाँ नयाँ मापदण्ड बनाइएको थियो।

त्यसयता पहिलो पटक न्यू साउथ वेल्सका अधिकारीहरूले आगलागी खतराको तहमा पुगेको चेतावनी जारी गरेका छन्।
चेतावनी

सिड्नीको उत्तर र दक्षिण सहित ठूलो क्षेत्रमा पनि यस्तै चेतावनी दिइएको छ।

मंगलवार तापक्रम ३७ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । आगलागीको खतरा सबैभन्दा धेरै न्यू साउथ वेल्समा देखिएको छ।

आगलागी भएकामध्ये कतिपय सुक्खा प्रभावित क्षेत्र पनि छन्। आगोको मुस्लोका बीच घरहरूमा मानिसहरू फसेको खबरहरू पनि आएका छन्।

उक्त राज्यमा मात्र एक हजार जनाभन्दा बढी अग्नी नियन्त्रकहरू खटाइएको अधिकारीहरूले जनाएका छन्। वर्षा नहुन्जेल कतिपय स्थानमा आगलागी नियन्त्रण गर्न कठिन हुने अधिकारीहरूले चेतावनी दिएका छन्।

आगलागीका कारण दुषित बनेको हावाले रोगव्याधीको खतरा पनि बढेको चेतावनी दिइएको छ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ७ : ११ बजे

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल

तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम

विपिनको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएका

सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता

उदयपुर (गाईघाट)- उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित ढुङ्ग्रेका सात वर्षीया बालिका

पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत

बेइजिङ – चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पाकिस्तान र

शान्ति र स्थिरताको कामना गर्दै ‘ध्योक्योप’ देव नृत्य प्रदर्शन

मुस्ताङ- विश्व शान्ति र स्थिरताको कामना गर्दै मुस्ताङको घरपझोङ गाउँपालिका–५