डढेलोका कारण अस्ट्रेलियाका २ राज्यमा ‘संकटकाल’को घोषणा « Khabarhub

डढेलोका कारण अस्ट्रेलियाका २ राज्यमा ‘संकटकाल’को घोषणा


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डढेका कारण अस्ट्रलियका २ राज्यलाई ‘संकटकाल’ घोषणा गरिएको छ । न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा संकटकालको घोषणा गरिएको हो।

मौसमको खतरनाक अवस्थाका कारण तीन दिनभित्र न्यू साउथ वेल्स र क्वीन्सल्यान्डमा कम्तीमा तीनजनाको ज्यान गएको छ भने हजारौं विस्थापित भएका छन्।

ती दुई राज्यहरूका एक सय २० भन्दा बढी स्थानमा ठूला झाडीहरूमा डढेलो लागेको बीबीसीले जनाएको छ ।

मंगलवार देशको सबैभन्दा ठूलो सहर सिड्नीमा एकदमै खराब खालको खतरा उत्पन्न हुनसक्ने त्यहाँको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगलागीका कारण न्यू साउथ वेल्समा ९ लाख ७० हजार हेक्टर भूमि प्रभावित भएको छ भने एक सय ५० घरहरू नष्ट भएका छन्।

क्वीन्सल्यान्डमा ९ वटा घरहरू नष्ट भएको बताइएको छ।

“हामी सबैले यस विषयमा सतर्क रहनुपर्छ र कुनै पनि हालतमा सुस्तता आउन दिनु हुँदैन,” न्यू साउथ वेल्स राज्यकी प्रमुख ग्लाडिस बेरेजिक्लियनले भनिन्।

जलवायु परिवर्तनका कारण आगलागीलाई बल पुगेको भन्ने आलोचनाको प्रतिक्रियामा अस्ट्रेलियाको अनुदार सरकारले त्यसको खण्डन गरेको छ।

‘कालो शनिवार’ भनेर चिनिने एउटा प्रकोपपश्चात् एक दशक अघि आगलागीको खतराबारे त्यहाँ नयाँ मापदण्ड बनाइएको थियो।

त्यसयता पहिलो पटक न्यू साउथ वेल्सका अधिकारीहरूले आगलागी खतराको तहमा पुगेको चेतावनी जारी गरेका छन्।
चेतावनी

सिड्नीको उत्तर र दक्षिण सहित ठूलो क्षेत्रमा पनि यस्तै चेतावनी दिइएको छ।

मंगलवार तापक्रम ३७ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । आगलागीको खतरा सबैभन्दा धेरै न्यू साउथ वेल्समा देखिएको छ।

आगलागी भएकामध्ये कतिपय सुक्खा प्रभावित क्षेत्र पनि छन्। आगोको मुस्लोका बीच घरहरूमा मानिसहरू फसेको खबरहरू पनि आएका छन्।

उक्त राज्यमा मात्र एक हजार जनाभन्दा बढी अग्नी नियन्त्रकहरू खटाइएको अधिकारीहरूले जनाएका छन्। वर्षा नहुन्जेल कतिपय स्थानमा आगलागी नियन्त्रण गर्न कठिन हुने अधिकारीहरूले चेतावनी दिएका छन्।

आगलागीका कारण दुषित बनेको हावाले रोगव्याधीको खतरा पनि बढेको चेतावनी दिइएको छ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ७ : ११ बजे

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)

रसुवा– सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ

युक्रेनमा रुसी आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, एकसय बढी घाइते

काठमाडौँ– युक्रेनको छुट्टाछुट्टै स्थानमा रुसले गरेको आक्रमणबाट कम्तीमा १५ जनाको