मौसम : बुधबारसम्म निम्न चापीय रेखाको प्रभाव « Khabarhub

मौसम : बुधबारसम्म निम्न चापीय रेखाको प्रभाव


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज देशको मौसम सफा छ । देशको पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी क्षेत्रमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार एक कमजोर निम्न चापीय प्रणाली पश्चिमी नेपालतर्फ बढिरहेको र यसको प्रभाव बुधबारसम्म रहने भएकाले त्यससमयसम्म मौसममा गडबढी देखिन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको ३ दिने मौसमी पूर्वानुमान यस्तो छ:

कार्तिक २६ गते (मंगलबार)

दिउँसो: देशको पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि तथा मध्य र पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदलि रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राति: देशको पहाडी भू-भागमा आंशिक बदलि रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

कार्तिक २७ गते (बुधबार)

दिउँसो: देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।

राति: देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।

कार्तिक २८ गते (बिहिबार )

दिउँसो: देशको पश्चिमी भू-भागमा सामान्य बदलि तथा मध्य र पूर्वी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी पहाडी भू-भागको १/२ स्थानमा हल्का वर्षा को सम्भावना छ ।

राति: देशको पश्चिमी भू-भागमा सामान्य बदलि तथा मध्य र पूर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी पहाडी भू-भागको १/२ स्थानमा हल्का वर्षा को सम्भावना छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ७ : ३३ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल