काठको खोरमा पर्‍यो चितुवा | Khabarhub Khabarhub

काठको खोरमा पर्‍यो चितुवा


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको भानु नगरपालिका–१ जामुनेगैह्रास्थित जङ्गलमा राखिएको काठको खोरमा आज बिहान एउटा चितुवा परेको छ ।

भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ।

चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट विज्ञसहितको टोली खटिएको एक हप्तामै एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए। ‘खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ, नियन्त्रणमा आएको चितुवालाई कहाँ लैजाने भन्ने बारेमा छलफल भइरहेको छ’, उनले भने ।

यो नगरपालिकाका वडा नं १, २, ३ र ४ मा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट छ बालबालिकाले ज्यान गुमाएका छन् । गत असोज १६ र यही कात्तिक ११ गते पनि काठको खोरमा परेर चितुवा नियन्त्रणमा आएको थियो ।

काठको खोरमा परेर चितुवा नियन्त्रणमा आए पनि बालबालिकामाथि चितुवाको आक्रमण रोकिएको छैन । भानुका जङ्गलमा थुप्रै सङ्ख्यामा चितुवा रहेका अनुमान गरिएको छ ।

डिभिजन वन प्रमुख बरालका अनुसार चितुवा नियन्त्रणका लागि काठको खोर प्रभावकारी हुने देखिएपछि नौ खोर निर्माण गरी जङ्गलमा राखिएका छन् । चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका छ विज्ञ टोली पनि परिचालित भएका छन् । कोषका विज्ञ डा नरेश सुवेदीले भानुका जङ्गलमा भएका चितुवा नियन्त्रणका लागि एशियाका विभिन्न देशमा प्रयोग गरिएका प्रविधि परिचालन गरिनेछ ।

पछिल्लो समय बैतडी, अर्घाखाँची र तनहुँमा चितुवा आक्रमणको बढी समस्या छ । सुवेदीका अनुसार बूढो र घाइते भएको खण्डमा चितुवा आक्रामक हुन्छ ।

जङ्गलमा आहाराको अभाव हुँदै गएपछि वैकल्पिक आहाराको खोजीमा चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको अध्ययनबाट पुष्टि भएको सुवेदीको भनाइ छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १० : २५ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश