सन्तानको योजना बनाउनु अघि ध्यान दिनु पर्ने कुराहरु « Khabarhub

सन्तानको योजना बनाउनु अघि ध्यान दिनु पर्ने कुराहरु


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक विवाहित दम्पतीको चाहना हुन्छ, आमाबुवा बन्ने । जैविक रुपले आमाबुवा बन्नु र दायित्वको आधारमा आमाबुवा बन्नु फरक कुरा हो ।

यसका लागी हरेक दम्पतीले पूर्व योजना तथा जिम्मेवारी बहनको बारेमा राम्ररी सोच्नु आवश्यक हुन्छ । तर हामी कहाँ योजना नबनाई गर्भवती हुने र त्यसपछि मात्र तयारी थाल्ने चलन छ । यसरी बिना तयारी गर्भवती हुँदा कतिपय अवस्थामा आमा र शिशुको स्वास्थ्यमा समस्याहरु उत्पन्न हुने गर्दछ ।

तसर्थ आमाबुवा बन्नु अघि निम्न योजनामा दम्पतीले ध्यान दिन निकै आवश्यक छ ।

१. सन्तानको योजना बनाउनुअघि दम्पतीहरुले दुवैको ‘हेल्थ हिस्ट्री’ जान्न जरुरी हुन्छ । यसबाट आमाबुवामा कुनै रोग भए नभएको बारे अगाडि नै थाहा पाउन सकिन्छ ।

२. गर्भवती हुनुअघि महिलाले रक्तचाप, मिर्गौला वा मुटुको अनिवार्य परीक्षण गर्नुपर्छ ।

३. मोटोपन भएका महिलाले तौल घटाएर मात्रै गर्भवती हुन उपयुक्त हुन्छ ।

४. थाइराइड, डाइबिटिज भएका महिलाहरुले पनि बच्चा जन्माउन सक्छन् । तर पहिले यसको उपचार गर्न आवश्यक हुन्छ ।

५. परिवारमा वंशाणुगत कारणले शारीरिक अपांगता वा विकलांगता भएका कोही व्यक्ति छन् भने चिकित्सकको सल्लाह लिएर मात्र सन्तानको योजना बनाउनु पर्छ ।

६. गर्भवती हुन चाहने महिलाले अनिवार्य रगतमा हेमोग्लोविनको परीक्षण गर्नपर्छ ।

७. गर्भवती हुने महिलाले मदिरा पिउने, धूमपान गर्ने बानीलाई त्याग्नुपर्छ । यस्ता कुलत त्यागेर मात्र ‘प्रेग्नेन्सी प्लान’ गर्नु उचित हुन्छ ।

८. गर्भावस्थामा महिलाले खाल्डाखुल्डीयुक्त सडकमा यात्रा गर्नु हुँदैन । कामकाजी महिलाले चारपाङग्रे सवारी साधनमा यात्रा गर्नुपर्छ । तर, लामो दूरी यात्रा गर्नुहुँदैन ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १ : ४४ बजे

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन– यही पुस ११ गतेदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका