एञ्जिला पुस्तक पसलले जित्यो भलिबल प्रतियोगिताको उपाधि | Khabarhub Khabarhub

एञ्जिला पुस्तक पसलले जित्यो भलिबल प्रतियोगिताको उपाधि


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 साँफेबगर– अछामको साँफेबगरमा सम्पन्न जिल्लाकै सर्वाधिक धनराशिको राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि एन्जिला पुस्तक पसलले हात पारेको छ ।

फाइनलमा साँफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको टिमलाई पराजित गर्दै एञ्जिलाले उपाधि उचालेको हो ।
उपाधि उचालेसँगै एञ्जिला पुस्तक पसलले १ लाख ७५ हजार नगद पुरुस्कारसहित कप, मेडल, ट्रफ्री र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको साँफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको टिमले नगद १ लाख पुरुस्कार हात पारेको छ । तेस्रो भएको साँफेबगर नगरपालिका–१३ बाब्लाले ५० हजार पुरस्कार पाएको छ ।

कात्तिक २२ गतेबाट शुरु भएको प्रतियोगितामा विभिन्न १० वटा भलिबल टिमको सहभागिता थियो । प्रतियोगिताको समापनमा पुरस्कार वितरण गर्दै राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले मोफसलमा हुने यस्ता प्रतियोगीताले खेल क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने बताए । यस्ता प्रतियोगिताको लागि स्थानीय सरकारले पनि जोड दिनुपर्नेमा कुँवरको जोड थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  २ : ०९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र