एञ्जिला पुस्तक पसलले जित्यो भलिबल प्रतियोगिताको उपाधि « Khabarhub

एञ्जिला पुस्तक पसलले जित्यो भलिबल प्रतियोगिताको उपाधि


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 साँफेबगर– अछामको साँफेबगरमा सम्पन्न जिल्लाकै सर्वाधिक धनराशिको राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि एन्जिला पुस्तक पसलले हात पारेको छ ।

फाइनलमा साँफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको टिमलाई पराजित गर्दै एञ्जिलाले उपाधि उचालेको हो ।
उपाधि उचालेसँगै एञ्जिला पुस्तक पसलले १ लाख ७५ हजार नगद पुरुस्कारसहित कप, मेडल, ट्रफ्री र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको साँफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको टिमले नगद १ लाख पुरुस्कार हात पारेको छ । तेस्रो भएको साँफेबगर नगरपालिका–१३ बाब्लाले ५० हजार पुरस्कार पाएको छ ।

कात्तिक २२ गतेबाट शुरु भएको प्रतियोगितामा विभिन्न १० वटा भलिबल टिमको सहभागिता थियो । प्रतियोगिताको समापनमा पुरस्कार वितरण गर्दै राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले मोफसलमा हुने यस्ता प्रतियोगीताले खेल क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने बताए । यस्ता प्रतियोगिताको लागि स्थानीय सरकारले पनि जोड दिनुपर्नेमा कुँवरको जोड थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  २ : ०९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको