दराज अनलाइनविरुद्ध ठगीको उजुरी « Khabarhub

दराज अनलाइनविरुद्ध ठगीको उजुरी


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अनलाइन सपिङ कम्पनी दराज विरुद्ध ठगीको उजुरी परेको छ । ग्राहकले अर्डर गरेको भन्दा फरक सामान आइपुग्ने गरेको भन्दै उजुरी परेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले छानबिन सुरु गरेको छ ।

विभागले शुक्रबार दराजको नक्सालस्थित कार्यालय अनुगमन गरी २४ घण्टाभित्र उपस्थित हुन पुर्जी काटेको थियो । ‘उजुरी परेपछि अनुगमन गरेका थियौ,’ विभागका अनुगमन शाखा अधिकृत रमेशकाजी श्रेष्ठले भने, ‘पहिलो चरणमा २४ घण्टाभित्र उपस्थित हुन पुर्जी दियौ।’ दोस्रो चरणमा कम्पनीको कागजपत्र अध्ययन गर्ने उनले बताए ।

विभागका निमित्त महानिर्देशक नोखबहादुर बस्यालका अनुसार दराज विरुद्ध कात्तिक २१ गते उजुरी परेको थियो । उजुरीकर्ताले मिनीफोकस ब्राण्डका घडी अर्डर गर्दा फ्रोस ब्राण्डको घडी आइपुगेको उजुरीमा उल्लेख गरेका छन् ।

सोही उजुरीको आधारमा विभागले छानबिन अघि बढाएको हो । दराजका प्रतिनिधि आइतबार विभाग आएर विभागका अधिकारीहरुसँग छलफल गरेका थिए ।

‘सामान फरक भन्ने उजुरीकै आधारमा अनुगमन भएको छ, पहिलो चरणमा आइतबार छलफल पनि भयो,’ निमित्त महानिर्देशक बस्यालले भने, ‘अहिले अध्ययनको क्रममा छौं । कैफियत भेटिए कारबाही हुन्छ ।’

विभागका निरीक्षण अधिकृत दीपक पोखरेलका अनुसार आइतबार छलफलको क्रममा दराज सिंगापुरका प्रतिनिधि, काठमाडौका प्रमुख फाइनान्स म्यानेजर लगायतको उपस्थिति थियो । त्यसक्रममा दराजका प्रतिनिधीले कम्पनीको मुख्य तीन उद्देश्य रहेको बताएका थिए ।

‘कम्पनीको उद्देश्य अनलाइन विज्ञापन, सफ्टवेयर डेभलपमेन्ट र कार्गो सर्भिस हो भन्ने दाबी गरेका छन,’ पोखरेलले भने । छलफलको क्रममा दराजका प्रतिनिधीले दराज विक्रेता नभई सहजकर्ता मात्रै भएको बताएका थिए ।

आफूले आफ्नो वेबसाइटमा सामान बिक्रीको लागि राखेको नभई अन्य विक्रेताले आफ्नो वेबसाइट प्रयोग गरी सामानबिक्री गरेको उनीहरुले बताएका छन् । सोही कारण दराजमार्फत बिक्री हुने सामानमा दराजले नभई विक्रेताले दिएको बिलविजक जारी हुने उनीहरुले बताएका थिए ।

उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार खरिद तथा बिक्री गर्दा बिलबिजक अनिवार्य लिनेदिने गर्नुपर्छ । बिलबिजक जारी नहुँदा उपभोक्ता ठगिने सम्भावना उच्च हुन्छ । त्यसलाई नियमन आवश्य रहेको उपभोक्ताकर्मीहरु बताउँछन् ।

यो कम्पनी २०७३ फागुन १४ गते कम्पनी रजिस्टारको कार्यालयमा ‘क्यामु दराज कम्पनी प्रालि’को नाममा दर्ता छ । विभागका अनुसार व्यापार व्यवसाय गर्न वाणिज्य विभागमा दर्ता गर्नुपर्छ । चिनियाँ कम्पनी अलिबाबाको लगानी भित्र्याएको यो कम्पनी कारोबारका लागि वाणिज्य विभागमा दर्ता छैन ।

विभागले दराज बाहेक अन्य अनलाइन सपिङ साइट पनि अनुगमन गर्ने जनाएको छ । हाल मुलुकमा दुई दर्जन भन्दाबढी अनलाइन सपिङ कम्पनीहरु छन् । अधिकांश अनलाइन सपिङ विरुद्ध गुनासो छ । विभागले अन्य अनलाइन सपिङ कम्पनीमाथि पनि अनुगमन हुने जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ३ : १९ बजे

मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति प्रचण्डको आपत्ति: तत्काल रिहा गर्न माग

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

के फर्नान्डेजको नयाँ गन्तव्य सिटी होला ?

लण्डन – इङ्लिस क्लब चेल्सीले आफ्ना अर्जेन्टिनी मिडफिल्डर इन्जो फर्नान्डेजलाई

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६