‘अघोरी बाबा’की श्रीमती ५ दिन प्रहरी हिरासतमै रहने « Khabarhub

‘अघोरी बाबा’की श्रीमती ५ दिन प्रहरी हिरासतमै रहने


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालमा ‘अघोरी बाबा’को रुपमा चर्चित विजय केसीकी ‘श्रीमती’ शारदा पाण्डेमाथि अनुसन्धान गर्न अदालतले ५ दिनको म्याद थप गरेको छ ।

पाण्डेविरुद्ध ७५ लाख रुपैयाँ ठगी गरेको भन्दै चितवन घर भएकी एक महिलाले महानगरीय प्रहरी बृत्त बौद्धमा उजुरी दिएकी थिइन् ।

ठगीको उजुरी परेपछि प्रहरीले अघोरी बाबा भिनने विजय केसी र उनकी श्रीमती शारदालाई कार्यालयमा बोलाएको थियो ।

शुरुमा ‘छलफल’कै माध्यमबाट विवाद टुंग्याउने प्रयास गरिएपनि पीडित भनिएकी महिलाले नमानेपछि पाण्डेलाई हिरासतमा राखिएको थियो ।

सोमबार पक्राउ परेकी पाण्डेलाई थप अनुसन्धानका लागि म्याद थप गर्न मंगलबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो ।

अदालतले पाण्डेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद दिएको महानगरीय प्रहरी बृत्त बोद्धका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेश बहादुर सिंहले जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ५ : ३५ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित