क्यानमा नवराज कुँवर समूहको उम्मेदवारी घोषणा « Khabarhub

क्यानमा नवराज कुँवर समूहको उम्मेदवारी घोषणा


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कम्प्युटर एसोसिएशन नेपाल महासङ्घ (क्यान) को आगामी मङ्सिर ७ गते हुने १३औँ कार्यसमिति निर्वाचनमा नवराज कुँवर समूहले उम्मेदवारी घोषणा गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा कुँवर समूहले १४ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेको हो । घोषणा गरिएकामा संस्थागत साधारण समूहबाट राजन कर्माचार्य, अमित सराफ, राजेश अग्रवाल, शङ्कर श्रेष्ठ, शर्मिला भुजेल, निरञ्जन पटेल र सुरेन्द्र न्यौपाने, संस्थागत आजीवन समूहबाट डा पवनकुमार शर्मा, नवीन जोशी, राजेन्द्र अर्याल तथा व्यक्तिगत आजीवन समूहबाट प्राडा सुवर्ण शाक्य, विक्रम श्रेष्ठ र दामोदर अधिकारी रहनुभएको छ ।

यसैगरी व्यक्तिगत साधारण समूहबाट खुसल रेग्मी, रत्नतारा वैद्य, सुवास खड्का, घनश्याम खनाल, श्रवण श्रेष्ठ, श्री पौडेल र दिनेशराज कार्की तथा वस्तुगत सदस्यमा उक्त समूहमा नारायणबहादुर थापा, भोजराज भट्ट, चिरञ्जीवी अधिकारी र प्रताप सापकोटा रहनुभएको छ ।

तीन सदस्यीय लेखा समितिमा लक्ष्मण यादव, हृदयमान श्रेष्ठ र भीमसेन गिरी रहनुभएको छ । निर्वाचनमा सात प्रदेशमा दुई जनाका दरले सदस्य निर्वाचित हुनेछन् ।

सदस्यमा निर्वाचित भइसकेपछि कार्यसमितिले उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष जस्ता पदाधिकारी चयन गर्नेछ ।

समूहले आफू निर्वाचित भएपछि सूचना प्रविधि क्षेत्रको विकासका लागि हातेमालो गर्ने, सरकारी कामकाजमा स्वदेशी सफ्टवेयरको प्रयोगका लागि सरकारसँग समन्वय र सहकार्य गर्ने, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सूचना प्रविधि र पर्यटन उद्योगलाई समेटेर पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

दुई वर्षका लागि निर्वाचन हुने कार्यसमितिमा अर्को समूहबाट सुनैना पाण्डेले उम्मेदवारी घोषणा गर्ने तयारी गरिएको छ । क्यानले अहिले ५७ जिल्लामा शाखा विस्तार गरेको छ । सन् १९९२ मा स्थापना भएको क्यानमा करीब पाँच हजार साधारण सदस्य रहेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ९ : ०२ बजे

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको

११ महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण