जुलुस गरेर जमिन फिर्ता हुँदैनः सभापति देउवा | Khabarhub Khabarhub

जुलुस गरेर जमिन फिर्ता हुँदैनः सभापति देउवा


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सडकमा जुलुस गर्दैमा देशको भूभाग फिर्ता नहुने बताएका छन् ।

नेपाली कांग्रेस प्रदेश नं ३ को ६ जिल्लाका महाधिवेशन प्रतिनिधिहरुलाई गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा उनले यसका लागि कूटनीतिक पहल गर्नुपर्ने धारणा व्यक्त गरे ।

उनले कालापानी सदियौँकालबाट नेपालको भूभाग भएको बताए । कालापानीको विषयमा आफूले यसअघि पनि बोलेको भन्दै उनले कालापानीको भूभाग एक इन्च पनि नछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

सभापति देउवाले ऋण लिएर रेल चढ्ने कुराको कांग्रेसले समर्थन नगर्ने बताए ।  भारत या चीन दुवैले रेलमा अनुदान दिने भएमात्र रेल बन्नसक्ने उनको भनाइ थियो । उनले भने, “भारत होस् कि चीन, ऋण लिएर रेल बनाउने काममा समर्थन हुन्न, प्रत्येक वर्ष ब्याज तिर्दै रेल चढ्ने कुरालाई समर्थन छैन ।”

नेपाली कांग्रेसलाई बलियो बनाउन पार्टीमा आन्तरिक एकता आवश्यक रहेकोसमेत उनको भनाइ थियो । पार्टीमा एकता भएको अवस्थामा चुनावमा समेत विजयी हुने उनले दाबी गरे ।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले अब नेपालको कम्युनिष्टसँग प्रतिस्पर्धा गर्नुपर्ने बताए ।  कम्युनिष्टहरुको विचारनै नभएको र बहुदलमा विश्वास गर्ने चरित्रसमेत नरहेको उनको आरोप थियो ।

कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधि, केन्द्रीय नेताहरु डा शशाङ्क कोइराला, डा रामशरण महतलगायतले नेपाली भूमि मिचिएको विषयमा धारणा राखेका थिए । बुधबारसम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेश नं ३ का ६ जिल्लाका २९० महाधिवेशन प्रतिनिधिहरुको सहभागिता छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ९ : ११ बजे

युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने अमेरिकाको घोषणा

काठमाडौं– अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग दिने घोषणा गरेको

इलाममा कसले जित्ला ? ‘एक्जिट पोल’ नै रद्द !

काठमाडौं- अन्तरराष्ट्रिय अभ्यास अनुसार चुनावको सर्वेक्षण दुई किसिमबाट हुन्छ ।

बागलुङ कालिकामा ४० लाख भेटी संकलन

बागलुङ– गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा

‘ओलीले हामीलाई हेप्ने काममात्रै गर्छन्‌’ : नेपाल

मकवानपुर : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का

बन्दीपुरमा ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम

तनहुँ–  बन्दीपुर गाउँपालिकामा  ‘मुख्यमन्त्री नवप्रवर्तन’ कार्यक्रम सुरु गरिएको छ ।