जम्बो टोली लिएर निर्माणाधीन सडकको निरीक्षणमा निस्किए माधव नेपाल « Khabarhub

जम्बो टोली लिएर निर्माणाधीन सडकको निरीक्षणमा निस्किए माधव नेपाल

समयमै काम सक्न निर्देशन


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले जोरपाटी–साँखु सडकको निरीक्षण गरेका छन् ।

बिहीबार २० जनाको टोलीले सडकको निरीक्षण गर्दै निर्माण कार्यको अवस्था, सडक निर्माणमा भएको ढिलाईलगायतका बारेजमा जानकारी लिएको थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङ, मन्त्रालयका सचिव देवेन्द्र कार्की, डिजी केशव शर्मा, राजेन्द्र शर्मा तथा अन्य कर्मचारी, प्रदेशसभा सदस्यहरु रामेश्वर फुयाल, मणिराम फुयाल, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, शंकरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठसहित वडाअध्यक्षहरु रहेको टोलीको नेतृत्व गर्दै सडक निरीक्षणमा निस्केका थिए ।

सडक निरीक्षणपछि नेता नेपालले सामाजिक सञ्जाल फेसबुकमा जनताको न्यानो माया पाएको र जनताको सहयोगबाट आफूहरु खुसी भएको उल्लेख गरेका छन् ।

पूर्वमन्त्री रघुवीर महासेठ हुँदा र वर्तमान मन्त्री नेम्बाङ हुँदा गरी ९ औं पटक सडकको निरीक्षण गरिएको भन्दै नेपालले सडक निर्माणले गति लिएको पनि बताएका छन् ।

उनले मन्त्री, मन्त्रालयका सचिवसबैको उपस्थितिमा २०७६ को चैतभित्र सडकको सम्पूर्ण मर्मत र पिचको काम सक्न निर्देशन पनि दिएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ८ : १२ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको