जम्बो टोली लिएर निर्माणाधीन सडकको निरीक्षणमा निस्किए माधव नेपाल | Khabarhub Khabarhub

जम्बो टोली लिएर निर्माणाधीन सडकको निरीक्षणमा निस्किए माधव नेपाल

समयमै काम सक्न निर्देशन


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले जोरपाटी–साँखु सडकको निरीक्षण गरेका छन् ।

बिहीबार २० जनाको टोलीले सडकको निरीक्षण गर्दै निर्माण कार्यको अवस्था, सडक निर्माणमा भएको ढिलाईलगायतका बारेजमा जानकारी लिएको थियो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङ, मन्त्रालयका सचिव देवेन्द्र कार्की, डिजी केशव शर्मा, राजेन्द्र शर्मा तथा अन्य कर्मचारी, प्रदेशसभा सदस्यहरु रामेश्वर फुयाल, मणिराम फुयाल, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, शंकरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठसहित वडाअध्यक्षहरु रहेको टोलीको नेतृत्व गर्दै सडक निरीक्षणमा निस्केका थिए ।

सडक निरीक्षणपछि नेता नेपालले सामाजिक सञ्जाल फेसबुकमा जनताको न्यानो माया पाएको र जनताको सहयोगबाट आफूहरु खुसी भएको उल्लेख गरेका छन् ।

पूर्वमन्त्री रघुवीर महासेठ हुँदा र वर्तमान मन्त्री नेम्बाङ हुँदा गरी ९ औं पटक सडकको निरीक्षण गरिएको भन्दै नेपालले सडक निर्माणले गति लिएको पनि बताएका छन् ।

उनले मन्त्री, मन्त्रालयका सचिवसबैको उपस्थितिमा २०७६ को चैतभित्र सडकको सम्पूर्ण मर्मत र पिचको काम सक्न निर्देशन पनि दिएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ८ : १२ बजे

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी

मंसिर १ गतेदेखि सर्वोच्च अदालतका सबै सेवा सुचारु हुने

काठमाडौँ- मंसिर १ गतेदेखि सर्वोच्च अदालतले सबै खालका सेवा सुचारु

तापक्रम नियन्त्रणमा राख्ने बाचा असफल भयो :महासचिव गुटेर्रेस

बेलेम – विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने

राजस्व कार्यालय धरानका अधिकृतविरुद्ध मुद्दा दायर, १ करोड २३ लाख भ्रष्टाचार गरेको आरोप

काठमाडौँ– आर्थिक अनियमितताको आरोपमा आन्तरिक राजस्व कार्यालय, धरानका कर अधिकृत