गृहमन्त्री बादलको घोषणा– विप्लव समूह छिन्नभिन्न भयो « Khabarhub

गृहमन्त्री बादलको घोषणा– विप्लव समूह छिन्नभिन्न भयो


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)लाई छिन्नभिन्न पारेको भन्दै प्रहरीको प्रशंसा गरेका छन् ।

प्रहरीसँगै सुरक्षा निकायको सक्रियताका कारण विप्लव समूह छिन्नभिन्न भएको गृहमन्त्री बादलको विश्लेषण छ ।

शुक्रबार काठमाडौंमा आयोजित नयाँ ब्याजका प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको दिक्षान्त समारोहमा बोल्दै गृहमन्त्री थापाले विप्लव समूह अब छिन्नभिन्न भइसकेको घोषणा समेत गरे ।

‘शान्ति सुरक्षामा खलल पुर्‍याउने समूहविरुद्ध प्रहरी र सुरक्षा निकायको कारबाहीले प्राप्त गरेको सफलताबाट त्यो समूहका गतिविधि छिन्नभिन्न भएको छ,’ गृहमन्त्री बादलले विप्लव समूहको नामै नलिइ भने ।

गृहमन्त्री थापाले अझै पनि केही आपराधिक, विखण्डकारी र प्रणालीप्रति असन्तुष्ट व्यक्ति तथा समूहहरु सामाजिक सद्भाव तथा शान्ति सुरक्षामा खलल पुर्‍याउन सक्रिय रहेको उल्लेख गर्दै त्यस्ता समूहको सुक्ष्म विश्लेष गरी योजनाबद्ध रुपमा कारबाहीमा उत्रिन पनि प्रहरीलाई निर्देशन दिए ।

प्रहरीले इमान्दारितापूर्वक बगाएको पसिना र रगतको सरकारले उचित मूल्याङ्कन गर्ने उल्लेख गर्दै गृहमन्त्री थापाले निर्धक्क भएर जिम्मेवारी निर्वाह गर्न पनि प्रहरीलाई नेतृत्वसहित कर्मचारीलाई निर्देशन दिए ।

गृहमन्त्री थापाले पछिल्लो समय प्रहरीको काम प्रशंसनीय भएको उल्लेख समेत गरे । यद्यपि प्रहरीको आचरण र व्यवहार सामाजिक मूल्य र मान्यताअनरुपको हुनुपर्ने पनि गृहमन्त्री थापाले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १२ : १७ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले