वर्षाका कारण सवारी दुर्घटना बढेपछि ट्राफिकले गर्‍यो यस्तो अनुरोध « Khabarhub

वर्षाका कारण सवारी दुर्घटना बढेपछि ट्राफिकले गर्‍यो यस्तो अनुरोध


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार बिहानदेखि नै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

पश्चिमी वायुको प्रभावका कारण हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षा हुने मौसमविदहरुले पनि जनाएका छन् ।

पश्चिमी वायुको प्रभावसँगै देशका विभिन्न स्थानमा परेको पानीले जनजीवन प्रभावित भएको छ भने पानी परेका कारण सडक दुर्घटनासमेत बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

वर्षाका कारण सडकमा दुई पांग्रे सवारीसाधन चिप्लिएर बढी दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको हो ।

यात्रा सुरक्षित बनाउनका लागि महाशाखाले दुई पांग्रे र अन्य सवारीसाधनलाई समेत सावधान भएर सवारी चलाउन अनुरोध गरेको छ ।

ट्राफिक प्रहरीका अनुसार वर्षातमा सवारी चलाउँदा अपनाउनुपर्ने सुरक्षाका उपायहरु :

सवारी साधन चलाउनुअघि वाइपर र हेडलाइट जाँच गराउनुस्

दृश्यता कम भएको खण्डमा हेडलाइट प्रयोग गर्नुस् ।

सवारीको गति कम गर्नुस् ।

पानीले भिजेको सडकमा ब्रेक कम लाग्न सक्छ र सवारी साधन अनियन्त्रित हुन सक्छन् ।

ब्रेकिङ दुरी बढाउनुस् ।

सडकमा ध्यान मोडिने कार्य नर्गनुस् ।

सवारी चलाउँदा मोवाइ वा ट्यावलेट प्रयोग नगर्नुहोस् ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १२ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै