म्याग्दीमा दुई फिटसम्म जम्यो हिउँ (फोटो फिचर) | Khabarhub Khabarhub

म्याग्दीमा दुई फिटसम्म जम्यो हिउँ (फोटो फिचर)


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मुस्ताङ र म्याग्दी शुक्रबार विहानैबाट हिमपात शुरु भएको छ । म्याग्दीका हिमाली क्षेत्रमा दुई फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।

मौसममा भएको बदली र हिमपातसंगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । गत असोज महिनादेखि बर्षा भएको थिएन् । दुई महिनापछि भएको बर्षाका कारण कृषकहरुलाई भने राहत मिलेको छ ।

अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीय स्थल घोडेपानी, धवलागिरी गाउँपालिकाको गुर्जामा बिहानदेखि हिउ पर्न थालेको स्थानीयले जनाएका छन् । घोडेपानीका आकाश गर्बुजाले दुई फिट हिउँ जमीसकेको बताए ।

हिउ पर्ने क्रम जारी छ । घर बाहिरको काम गर्न सकेका छैन् । आगो तापेर घरभित्रै न्यानोमा बसेका छौ । गुर्जाको जनकल्याण माविका प्रअ रुपेश सुवेदीले हिमपातका कारण जनजिवन प्रभावित भएको बताए ।

मोहरेडाडा, खोप्रा लेक लगायत पर्यटकीय स्थलमा पनि हिउ परेको छ । यसैगरी मुस्ताङको जोमसोम, मुक्तिनाथ, चराङ, लोमान्थाङ, मार्फा, कोवाङ लगायतका क्षेत्रमा पनि बाक्लो हिउँ परेको छ ।

हिमपातका कारण यातायात सेवा प्रभावित भएको छ । स्थानीयबासी, तिर्थयात्री र पर्यटकहरु समस्यामा परेका छन् ।

 

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १ : ५५ बजे

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम

इरानका राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना क्षेत्रमा रुसले पठायो उद्धार टोली

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलको क्षेत्रमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार