म्याग्दीमा दुई फिटसम्म जम्यो हिउँ (फोटो फिचर) « Khabarhub

म्याग्दीमा दुई फिटसम्म जम्यो हिउँ (फोटो फिचर)


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मुस्ताङ र म्याग्दी शुक्रबार विहानैबाट हिमपात शुरु भएको छ । म्याग्दीका हिमाली क्षेत्रमा दुई फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।

मौसममा भएको बदली र हिमपातसंगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । गत असोज महिनादेखि बर्षा भएको थिएन् । दुई महिनापछि भएको बर्षाका कारण कृषकहरुलाई भने राहत मिलेको छ ।

अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीय स्थल घोडेपानी, धवलागिरी गाउँपालिकाको गुर्जामा बिहानदेखि हिउ पर्न थालेको स्थानीयले जनाएका छन् । घोडेपानीका आकाश गर्बुजाले दुई फिट हिउँ जमीसकेको बताए ।

हिउ पर्ने क्रम जारी छ । घर बाहिरको काम गर्न सकेका छैन् । आगो तापेर घरभित्रै न्यानोमा बसेका छौ । गुर्जाको जनकल्याण माविका प्रअ रुपेश सुवेदीले हिमपातका कारण जनजिवन प्रभावित भएको बताए ।

मोहरेडाडा, खोप्रा लेक लगायत पर्यटकीय स्थलमा पनि हिउ परेको छ । यसैगरी मुस्ताङको जोमसोम, मुक्तिनाथ, चराङ, लोमान्थाङ, मार्फा, कोवाङ लगायतका क्षेत्रमा पनि बाक्लो हिउँ परेको छ ।

हिमपातका कारण यातायात सेवा प्रभावित भएको छ । स्थानीयबासी, तिर्थयात्री र पर्यटकहरु समस्यामा परेका छन् ।

 

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १ : ५५ बजे

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय

गृह जिल्ला पुगेका ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापा