१० किलो चरेससहित दुई जना पक्राउ « Khabarhub

१० किलो चरेससहित दुई जना पक्राउ


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुर प्रहरीले भीमफेदी गाउँपालिका–२ भैँसेबाट १० किलो २५० ग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा पचरौटा नगरपालिका–७ बस्ने अरविन्दकुमार पटेल र आदर्श कोतवाल गाउँपालिका–१ बस्ने सुल्तान मियाँ अन्सारी रहेका छन् ।

उनीहरुलाई प्रहरी चौकी भैँसेबाट प्रहरी नायब निरीक्षक दिलीपकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

भीमफेदीबाट हेटौँडातर्फ आइरहेको बा ४० प ७२४० नं. को पल्सर मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक पटेल र मोटरसाइकलमा सवार अन्सारीले बीचमा राखी ल्याएको उक्त परिमाणको चरेस फेला परेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  २ : ०५ बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम