भारतले ३ सय ७२ किलोमिटर सीमा मिच्यो– गृहमन्त्री थापा « Khabarhub

भारतले ३ सय ७२ किलोमिटर सीमा मिच्यो– गृहमन्त्री थापा


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— गृहमन्त्री रामबहादुर थापाले भारतले ३ सय ७२ किलोमिटर सीमा मिचेको बताएका छन् ।

भातरले हालै जारी गरेको नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको विषयमा छलफल गर्न शुक्रवार संसद्को‌ अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गृहमन्त्री थापालाई बोलाएको थियो।

बैठकमा बोल्दै गृहमन्त्री थापाले भारतीय पक्षबाट नेपालको ३ सय ७२ किलोमिटर सीमा मिचिएको बताएका हुन् ।

भारतसँगको खुला सीमा सुरक्षाका लागि सुरक्षाकर्मी खटाएपनि त्यो पर्याप्त नभएको उनको भनाइ थियो । सीमा सुरक्षाका लागि ३७ हजार सशस्त्र प्रहरी खटिए पनि यो पर्याप्त नभएको थापाले बताए ।

उनले नेपालले सीमा सुरक्षाका लागि सुरक्षा बलको विस्तार गर्ने योजना बनाइरहेको र ७० वटा नयाँ पोस्ट राख्न लागेको जानकारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ३ : ३३ बजे

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय

गृह जिल्ला पुगेका ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापा