इम्बोस्ड नम्बर प्लेटविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज | Khabarhub Khabarhub

इम्बोस्ड नम्बर प्लेटविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी साधनमा प्रयोग गरिन थालिएको उच्च प्रविधियुक्त इम्बोस्ड) नम्बरप्लेटविरुद्ध सर्वोच्च अदालतमा दायर रिट खारेज भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलाशले शुक्रबार रिट खारेजको फैसला गरेको हो ।

अधिवक्ता भरत कुमार बस्नेतसहितले ६ फागुन २०७४ मा इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन स्थगितको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

बस्नेतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश गोपाल पराजुलीको इजलाशले १० फागुन २०७४ मा सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्य रोक्न भनेको थियो ।

पराजुलीको इजलाशले जारी गरेको आदेशसँगै सवारीसाधानमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्य रोकिएको थियो ।

पछि, गोपाल पराजुली र दीपकराज जोशीको २२ फागुन २०७४ को संयुक्त इजलाशले इम्बोस्ड नम्बर प्लेटसँग सम्बन्धित सम्पूर्ण कागजातसहितको मिसिल झिकाउने आदेश जारी गरेको थियो ।

त्यसयता १० पटक पेशीमा नचढेको उक्त रिटमाथि शुक्रबार अन्तिम फैसला सुनाउँदै सर्वोच्चको संवैधानिक इजलाशले रिट नै खारेज गरिदिएको हो ।

सर्वोच्चको फैसलासँगै अब इम्बोस्ड नम्बर प्लेट जडानको कार्य शुरु गर्न बाटो खुलेको यातायात व्यवस्था विभागका एक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ५ : ०० बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको