अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन « Khabarhub

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा, क्रिप्टोकरेन्सी तथा अश्लिल सामग्री सञ्चालन हुने वेबसाइट र एपहरूमा पहुँच रोक लगाउन निर्देशन दिएको छ । प्राधिकरणले साउन ३० गते एक सूचना जारी गर्दै सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई यस्तो निर्देशन दिएको हो ।

नेपालको प्रचलित कानूनले अनलाइन प्रविधिमार्फत सञ्चालन हुने जुवा, क्रिप्टोकरेन्सी, बिटक्वाइन र हाइपर नेटवर्किङ्गलाई बन्देज लगाएको छ । यी लगायत आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट तथा एपहरू नेपालभित्र सञ्चालन हुन नसक्ने र त्यसमा पहुँच पुग्न नसक्ने गरी व्यवस्था मिलाउन प्राधिकरणले सेवा प्रदायकहरूलाई आदेश दिएको छ ।

यसका साथै, बालयौनजन्य सामग्री र अश्लिल सामग्रीहरूको प्रकाशन तथा पहुँचमा समेत नेपालको कानूनले रोक लगाएको उल्लेख गर्दै प्राधिकरणले त्यस्ता सामग्री उपलब्ध हुने प्लेटफर्महरूमा पनि तत्काल रोक लगाउन भनेको छ ।

प्राधिकरणले जारी गरेको यस निर्देशनको पालना नगर्ने दूरसञ्चार सेवा प्रदायक संस्थाहरूलाई दूरसञ्चार ऐन, २०५३ तथा अन्य प्रचलित कानून बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ । प्राधिकरणको अनुगमन महाशाखाले यस विषयमा निरन्तर निगरानी गर्ने र निर्देशन कार्यान्वयन नगर्नेलाई कानूनी दायरामा ल्याउने जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ५ : ५५ बजे

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्