अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन « Khabarhub

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा, क्रिप्टोकरेन्सी तथा अश्लिल सामग्री सञ्चालन हुने वेबसाइट र एपहरूमा पहुँच रोक लगाउन निर्देशन दिएको छ । प्राधिकरणले साउन ३० गते एक सूचना जारी गर्दै सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई यस्तो निर्देशन दिएको हो ।

नेपालको प्रचलित कानूनले अनलाइन प्रविधिमार्फत सञ्चालन हुने जुवा, क्रिप्टोकरेन्सी, बिटक्वाइन र हाइपर नेटवर्किङ्गलाई बन्देज लगाएको छ । यी लगायत आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट तथा एपहरू नेपालभित्र सञ्चालन हुन नसक्ने र त्यसमा पहुँच पुग्न नसक्ने गरी व्यवस्था मिलाउन प्राधिकरणले सेवा प्रदायकहरूलाई आदेश दिएको छ ।

यसका साथै, बालयौनजन्य सामग्री र अश्लिल सामग्रीहरूको प्रकाशन तथा पहुँचमा समेत नेपालको कानूनले रोक लगाएको उल्लेख गर्दै प्राधिकरणले त्यस्ता सामग्री उपलब्ध हुने प्लेटफर्महरूमा पनि तत्काल रोक लगाउन भनेको छ ।

प्राधिकरणले जारी गरेको यस निर्देशनको पालना नगर्ने दूरसञ्चार सेवा प्रदायक संस्थाहरूलाई दूरसञ्चार ऐन, २०५३ तथा अन्य प्रचलित कानून बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ । प्राधिकरणको अनुगमन महाशाखाले यस विषयमा निरन्तर निगरानी गर्ने र निर्देशन कार्यान्वयन नगर्नेलाई कानूनी दायरामा ल्याउने जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ५ : ५५ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला