नेता नेपाल र फ्रान्सेली विदेश मन्त्रालयका एसिया तथा ओसिआन डिभिजन प्रमुखबीच भेटवार्ता | Khabarhub Khabarhub

नेता नेपाल र फ्रान्सेली विदेश मन्त्रालयका एसिया तथा ओसिआन डिभिजन प्रमुखबीच भेटवार्ता


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुखसमेत रहेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेपाल भ्रमणमा रहेका फ्रान्सेली विदेश मन्त्रालयका एसिया तथा ओसिआन डिभिजन प्रमुख थिअरी माथउबीच भेटवार्ता भएको छ ।

नेता नेपाल संसदको नेपाल-फ्रान्स अन्तर संसद मैत्री समूहका संयोजकसमेत हुन् ।

शुक्रवार नेकपाको संसदीय दलको कार्याल सिंहदरबारमा भएको भेटमा नेपाल–फ्रान्स सम्बन्धका बारेमा छलफल भएको थियो ।

छलफलमा नेपालले मनाउन लागेको भ्रमण बर्ष २०२०, नेपालमा फ्रान्सेली लगानीसहितका विविध बिषयमा कुराकानी भएको नेता नेपालले जनाएका छन् ।

भेटमा नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्कोइज जेभियर लेगरको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ५ : ३६ बजे

चीनद्वारा सुन्तला मौसमी चेतावनी जारी

बेइजिङ– चीनको मौसम विभागले मंगलबार देशका केही भागमा आँधीबेहरी, असिना

एमालेको विजय जुलुसका सहभागी सवार पिकअप दुर्घटना, १५ जना घाइते

इलाम– इलाम बजारमा मंगलबार आयोजित नेकपा एमालेको विजय जुलुस र

मतदाताको शिर झुक्न दिने छैन : सुहाङ नेम्बाङ

फिक्कल– इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङ

पहिचानवादीलाई सुहाङले भने : नेपाल इन्द्रेणीको रङ जस्तै हो, सबै जातिको हित हेर्नुपर्छ

काठमाडौं – नेकपा एमाले इलाम क्षेत्र नं २ का नवनिर्वाचित

कमल थापा भन्छन्- ‘राष्ट्रवादी शक्तिहरू एकजुट भएर नयाँ शिराबाट सोच्नुपर्ने समय आयो’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सबै राष्ट्रवादी शक्तिहरू एकजुट