करोडौं खर्चेर बनाइएको रंगशालाको प्यारापिटमा पानी चुहियो, कुर्सी भाँचिए « Khabarhub

करोडौं खर्चेर बनाइएको रंगशालाको प्यारापिटमा पानी चुहियो, कुर्सी भाँचिए

'थप कामका लागि अर्को ‘प्याकेज’ आवश्यक'



काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि हतारहतार बनाइएको दशरथ रंगशालाको भीआईपी प्यारापिटमा पानी चुहिएको छ ।

शुक्रबार बिहानैदेखि काठमाडौंमा सामान्य वर्षा भएको थियो । सामान्य वर्षा भएपनि रंगशालाको प्यारापिटमा भने पानी चुहिएको छ ।
रंगशलाको भीआईपी प्यारापिटमा तलदेखि माथिसम्म पाने भिजेको छ । भीआइपी प्यारापिटको छाना छाउनका लागि मात्र साढे चार करोड खर्च भएको थियो ।

रंगशालाको प्यारापिटको बीचको भाग भीभीआईपीका लागि छुट्याइएको थियो । उक्त क्षेत्रमा रातो र निलो कार्पेट समेत विछ्याइएको छ । सोफाहरु निकालिए पनि कार्पेट अहिले पनि त्यहाँ विछ्याइएकै छ । तर सामान्य पानी पर्दा पनि प्यारापिटमा पानी चुहिएपछि कार्पेट भिजेको हो ।

भीआईपी प्यारापिटको छानो नै चुहिएपछि प्यारापिटमा पानी पसेको हो ।

चीनबाट ल्याइएको प्यारापिटमा छानो छाइएपनि त्यसले सबै भाग छोपिएको छैन । हतारमा प्यारापिटको छाना जडान गर्दा समस्या भएको राष्ट्रिय खेलकुद परिषदका इन्जिनियर अरुण उपाध्यायले बताए ।

‘रंगशालामा धेरै काम बाँकी नै छ । अस्ती दुई दिनमात्रै बढी काम गर्न पाइएको भए सबै काम सम्पन्न भइसक्थ्यो,’ इन्जिनियर उपाध्यायले भने,‘जहाँ ‘नट बोल्ट’ राखिएको थियो । त्यहाँ एक लेयर कपडा राख्न बाँकी छ ।’

ढिलो गरि आएको भीआईपीको छानो मंसिर १२ गते बेलुकामात्रै हालिसकिएको थियो । तर, उक्त छानो राख्दा ध्यान नदिएको शुक्रबारको बर्षाका क्रममा पानी चुहिनुले नै स्पष्ट पारेको छ ।

राखेप सदस्य सचिव रमेश कुमार सिलवालले भीआईपी स्थलको छानो ठिक भएको दाबी गर्दै आएका छन् । तर, उक्त छानो कम भएको इन्जिनियर उपाध्यायले खबरहबसँग भने ।

‘भीआईपीको छानो सानो भएकाले प्यारापिट भित्र पानी आएको हो । रंगशालाको पर्खालभन्दा पछाडिसम्म छानो पुगेको भए रंगशालाको पछाडि पट्टी पानी खस्थ्यो । तर, त्यो सानो भयो,’ उपाध्यायले भने,‘प्यारापिटको पछाडिबाट पानी झर्नु पर्ने हो तर, त्यहाँ छानो सानो हुँदा प्यारापिटको भित्र आयो । पहिला बाटोमा झथ्र्यो । अहिले बाटोमा नझरी प्यारापिटमा झर्यो ।’

सागको काम सकिइसकेकाले अब ‘नट बोल्ट’ को बरीपरी कपडा राख्ने काम अहिले नै हुने उपाध्यायले बताए । तर, पछाडिको प्यारापिट भित्र पानी आउने रोक्नका लागि भने राखेपले फेरि ‘प्याकेज’ बनाउनु पर्ने उपाध्यायको भनाइ छ ।

‘त्यो सानो भयो । अब अर्को प्याकेजमा काम गर्नु पर्छ,’ उनले भने । आजको बर्षाले भीआईपी प्यारापिटको ‘लिफ्टको माथिबाट समेत पानी आएको छ । तर, लिफ्ट भित्र छिरेको नछिरेको बारे भने कुनै जानकारी मिलेको छैन् ।

लिफ्टमाथिको पानी रोक्न फेरि कपडा राख्नु पर्ने उपाध्यायले बताए । त्यो अर्को प्याकेजमै काम हुने उनले बताएका छन् ।

त्यतिमात्रै होइन्, प्यारापिटमा हालिएका केहि ‘रेलिङ’ समेत हल्लीन थालेका छन् भने सिटहरुको अवस्थापनि त्यस्तै छ । ‘त्यतिबेलै दुई दिन थप काम गर्न पाएको भए त्यो सबै काम सकिन्थ्यो । ४ दिन अगाडिदेखि काम गर्ने मान्छे त्यहाँ नै छिर्न पाएनन्,’ इन्जिनियर उपाध्यायले भने ।

रंगलाशालामा राखिएका सिटहरु पहिलो दिनको खेल सम्माप्त हुँदा भाँचिइसकेका थिए । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले रंगशाला पुनर्निमार्णका क्रममा भ्रष्टाचार भएको हुन सक्ने भन्दै भाँचिएका मेचहरु भएका तस्वीर राख्दै प्रश्नसमेत गरेका थिए ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता मंसिर १५ गते शुरु भएर २४ गते सकिएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ६ : ३६ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी