सवारी दुर्घटना हुँदा चितवनमा ६३ जना घाइते « Khabarhub

सवारी दुर्घटना हुँदा चितवनमा ६३ जना घाइते


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- सिमसिम पानी परेसँगै ठाउँठाउँमा सवारी दुर्घटना हुँदा ६३ जना घाइते भएका छन् । बिहीबार राति १०ः४५ बजे यता भएका पाँच सवारी दुर्घटनामा ६३ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाका अनुसार आज दिउँसो भरतपुरको मालपोत चोकमा स्कुटर र मोटरसाइकल एक आपसमा जुध्दा मोटरसाइकल चाकल गम्भीर घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ना३प ४६९० नम्बरको स्कुटर र ना२८प ४४४० नम्बरको मोटरसाइकल एक आपसमा जुधेको थियो ।

त्यस अघि दिउँसै कुरीनटारमा यात्रुवाहक बस पल्टिँदा आठ जना घाइते भएका छन् । कोइरालाका अनुसार काठमाडौँबाट बुटवलका लागि आउँदै गरेको लु२ख १५७९ नम्बरको यात्रुबाहक बस इच्छाकामना–४ कुरीनटारमा अनियन्त्रित भई पल्टिएको थियो । घाइतेमध्ये एक जनाको पुरानो मेडिकल कलेज र अन्य सात जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरा मुक्त रहेको छ ।

त्यसअघि बिहान इच्छाकामना गाउँपालिका–४ कुरीनटारमा चार सवारी साधन ठक्कर खाँदा ६ जना घाइते भएका छन् । फिस्लिङ्बाट मुग्लिनतर्फ आउँदै गरेका दुईवटा यात्रु बोकेको चार पाङ्ग्रे सवारी साधन म्याजिक र दुईवटा स्कारपियो बाटो पार गर्ने क्रममा ठोकिँदा उनीहरु घाइते भएका हुन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । बिहानै राप्ती नगरपालिका–६ हर्दीमा बा३ख ८४९० नम्बरको बस आफैँ अनियन्त्रित भई पल्टिँदा १८ जना घाइते भएका छन् ।

वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको सो बस अनियन्त्रित भई सडकबाट केही तल बारीमा पुगेको थियो । उनीहरुमध्ये आठ जनाको चितवन मेडिकल कलेज र १० जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

यसैगरी बिहीबार राति बाराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना७ख ४७५५ नम्बरको बस रत्ननगर नगरपालिका–२ टाँडीमा अनियन्त्रित भई पल्टिएको हो ।

घाइतेमध्ये १८ जनाको रत्ननगर बकुलहर अस्पताल र चार जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले चिप्लो बाटोमा समेत तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना बढी भएको बताए । राजमार्ग क्षेत्रका ठाउँठाउँमा सुरक्षा जाँच गरी सवारी तीव्र नहाक्न चालकहरुलाई अनुरोध गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ९ : ३० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर