द्रुत गतिमा विकास गर्ने मुलुकको सूचीमा नेपाल पर्छः अर्थमन्त्री खतिवडा | Khabarhub Khabarhub

द्रुत गतिमा विकास गर्ने मुलुकको सूचीमा नेपाल पर्छः अर्थमन्त्री खतिवडा


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले नेपाल अहिले सबैभन्दा छिटो विकास भइरहेका विश्वका दश मुलुकको सूचीमा पर्ने जनाउँदै आर्थिक समृद्धिका लागि यो सकारात्मक सूचक भएको बताएका छन् ।

मेची बहुमुखी क्याम्पसको प्रशासनिक भवनको आज उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले दक्षिण एशियामा नेपाल र बङ्गलादेशको आर्थिक वृद्धि दर अरूको भन्दा माथि भएको बताए ।

वर्तमान सरकारले मुलुकको आर्थिक क्षेत्रमा लिएका नीतिको सकारात्मक नतिजा विस्तारै देखिने उल्लेख गर्दै उनले अघिल्लो सरकारले शुरु गरेका अधुरा विकासका आयोजनालाई समेत पूर्णता दिन बजेट छुट्याइएको जानकारी दिए ।

अन्तर्राष्ट्रियस्तरमा बिक्ने र प्रतिस्पर्धा गर्नसक्ने शिक्षाको विकास गर्न सरकारले प्राविधिक, वैज्ञानिक र व्यावसायिक शिक्षामा लगानी गर्ने नीति लिएको बताउँदै अर्थमन्त्री खतिवडाले मेची बहुमुखी क्याम्पसको बन्न लागेका भौतिक संरचना निर्माणमा आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

अर्थमन्त्री खतिवडा र पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले आज भद्रपुर–८ मा रहेको क्याम्पस परिसरमा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन र बन्न लागेको महिला छात्रावासको शिलान्यास गरेका छन् ।  त्रिभुवन विश्वविद्यालय अनुदान आयोग र नेपाल सरकारको सहयोगमा क्याम्पसका सबै संरचना निर्माण हुने भएका छन् ।

पूर्वउपप्रधानमन्त्री सिटौलाले मेची बहुमुखी क्याम्पसको विकास र विस्तारमा सबै राजनीतिक दलको सहयोग रहेको बताउँदै अघिल्लो सरकारले चन्द्रगढीमा निर्माण थालेको स्व गिरिजाप्रसाद स्मृति भवनमा वर्तमान सरकारले एउटा पनि इँटा नथप्नुको कारणबारे अर्थमन्त्री खतिवडालाई प्रश्न गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयका रजिस्टार डिल्लीराम उप्रेतीले आजै मेची बहुमुखी क्याम्पसको मानविकी भवनको शिलान्यास गर्नुहुँदै आगामी वर्षदेखि क्याम्पसमा सूचना प्रविधि विषयको स्नातक (बीआईटी) कक्षा सञ्चालन गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १० : ४५ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको