नेपाल–फ्रान्स परामर्श संयन्त्र स्थापना « Khabarhub

नेपाल–फ्रान्स परामर्श संयन्त्र स्थापना


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- द्विपक्षीय सम्बन्धका साथै क्षेत्रीय र अन्तरराष्ट्रिय साझा चासोका विषयमा नियमितरूपमा परामर्श गर्न नेपाल र फ्रान्सबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना भएको छ ।

दुवै देशका अधिकारीले उक्त संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर गरेसँगै संयन्त्रको पहिलो बैठक पनि आजै राजधानीमा सम्पन्न भएको हो।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र फ्रान्सको विदेश मन्त्रालयमा एशिया र ओसिनिया मामिला हेर्ने निर्देशक थिरी मथाउ नेतृत्वको प्रतिनिधिमण्डलको समुपस्थितिमा आज परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त सम्झौतापत्रमा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्ले र नेपालका लागि फ्रान्सका राजदूत फस्वा जाभिए लेजेले हस्ताक्षर गरे ।

आजै परराष्ट्रसचिव शङ्करदास वैरागी र निर्देशक मथाउ नेतृत्वको प्रतिनिधिमण्डलबीच परामर्श संयन्त्रको पहिलो बैठक सम्पन्न भयो । बैठकमा पारस्परिक सहयोग अभिवृद्धिका साथै दुई देशबीच उच्चस्तरीय भ्रमण आदान–प्रदान सम्बन्धमा पनि विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्ष गर्नुभएको फ्रान्सको औपचारिक भ्रमणबारे पनि चर्चा भएको थियो ।

बैठकमा आर्थिक विकास एवं साझेदारीका साथै व्यापार, पर्यटन, लगानी, जनता–जनताबीचको सम्पर्क विस्तारबारे पनि छलफल भएको थियो । नेपालीपक्षले फ्रान्सेलीपक्षलाई नेपालमा लगानीको उपयुक्त वातावरण बनेकाले ढुक्क भएर लगानी गर्न र नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउने सन्दर्भमा फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमणका निम्ति अभिप्रेरित गर्न आग्रह गरेको थियो ।

त्यसैगरी बैठकमा क्षेत्रीय र अन्तर्राष्ट्रिय साझा चासोका विषयमा छलफल हुनुका साथै जलवायु परिवर्तन तथा संयुक्त राष्ट्रसङ्घीय शान्ति सैन्यमार्फत नेपालले गरेको योगदानको चर्चा भएको थियो । आगामी चैतमा आयोजना हुने सगरमाथा संवादमा सहभागी हुन पनि नेपालले आग्रह गरेको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ८ : ४० बजे

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय

गृह जिल्ला पुगेका ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापा