पोखरामा आकाशे पुल निर्माणको काम शुरु  « Khabarhub

पोखरामा आकाशे पुल निर्माणको काम शुरु 


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा महानगरपालिकाले बजार क्षेत्रका मुख्य चोकहरुमा आकाशे पुल (ओभरहेड ब्रिज) निर्माणको काम थालेको छ ।

बढ्दो सवारी चापलाई न्यूनीकरण गरी पैदलयात्रीलाई सहज आवागमन सुविधा प्रदान गर्न महानगरले सिर्जनाचोक, पृथ्वीचोक र बिपीचोकमा आकाशे पुल निर्माण गर्न लागेको जनाएको हो ।

वडा नं ८ स्थित सिर्जनाचोकमा बन्न लागेको पुलको आज गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्दै पर्यटकीय शहर पोखरा शान्त, सुरक्षित र कोलाहल मुक्त छ भन्ने सन्देश विश्वलाई दिनुपर्नेमा जोड दिए । उनले भने, “ बजार क्षेत्रमा बन्ने आकाशे पुलबाट सर्वसाधारणलाई सहज हुन्छ । दुर्घटनाको जोखिमसमेत घटाउने छ । ”

महानगरले रु दुई करोड ३० लाख ११ हजार लागतमा सो पुल आगामी चैत मसान्तसम्ममा निर्माण सम्पन्न हुने गरी केएम जेभिएनएस जेभी पोखरासँग ठेक्का सम्झौता गरेको छ ।

पुलको एक स्थानबाट प्रवेश गरेपछि चारै दिशातर्फ जान मिल्ने गरी स्टिल संरचनामा निर्माण गरिने इञ्जिनीयर बाबुराम भण्डारीले जानकारी दिए । उनकाका अनुसार चालू वर्षभित्रमा अन्य दुई स्थानमा समेत निर्माण थालनी गरिने छ ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरामा आकाशे पुल वर्षौंदेखिको आवश्यकताका रुपमा रहेको चर्चा गर्दै यसलाई प्रदेश गौरवको योजनाका रुपमा लिनुपर्ने बताए ।

प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आकाशेपुल निर्माण पहिलो प्रयास भएकाले निर्धारित मितिभित्रमै सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्ने खाँचो औँल्याए ।

महानगर प्रमुख मानबहादुर जिसीले आकाशे पुलसँगसँगै मुख्य चोकमा ट्राफिक बत्ती राख्ने योजनासमेत अघि बढेको जानकारी दिए ।

उपप्रमुख मञ्जुदेवी गुरुङ र वडाध्यक्ष रुद्रनाथ बरालले पोखरा विकास र समृद्धिको यात्रामा महानगर अघि बढेको बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १० : १५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब