आज राति भारी हिमपातको सम्भावना, सचेत रहन अनुरोध « Khabarhub

आज राति भारी हिमपातको सम्भावना, सचेत रहन अनुरोध


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिमी निम्न चापीय वायूको प्रभाव स्वरुप हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सचेत रहने अनुरोध गरेको छ ।

शुक्रबार साँझ तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले आगामी २४ घण्टाका लागि पश्चिमी उच्च पहाडीसहित हिमाली भू-भागका स्थानहरुमा सतर्कता अपनाउनु अनुरोध गरेको हो ।

महाशाखाले पश्चिमी उच्च पहाडीसहित हिमाली भू-भागमा भारी हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडी सहित हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुने पूर्वानुमान गरेको छ ।

मौसमको अवस्था
हाल देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही केहि भूभागमा हल्का वर्षा भइरहेको छ। साथै उच्च पहाडी र हिमाली भू-भागमा हिमपात समेत भएको छ।

तीन दिनको मौसम पूर्वानुमान

रातिस् देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ ।
पश्चिमी उच्च पहाडी सहित हिमाली भू-भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

मंसिर २८ गते (शनिबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडीसहित हिमाली भू-भागहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

रातिः देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडीसहित हिमाली भू(भागहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

मंसीर २( गते (आइतबार)

दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वका पहाडी भू-भागमा हल्का वर्षा हुने सम्भावना छ। हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

रातिस् देशको पश्चिमी पहाडी आंशिकदेखि सामान्य बदली साथै मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ । हिमाली भू-भागहरुमा हल्का हिमपात हुने सम्भावना छ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ९ : ३३ बजे

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।