सुत्केरी अवस्थामा हुनसक्छ प्रसव फिस्टुला, यसरी गर्नुहोस् रोकथाम « Khabarhub

सुत्केरी अवस्थामा हुनसक्छ प्रसव फिस्टुला, यसरी गर्नुहोस् रोकथाम


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रसव व्यथाको अवस्थामा दक्ष स्वास्थ्यकर्मीबाट सही समयमा उपयुक्त सेवा नपाउँदा सुत्केरी महिलामा प्रसव फिस्टुला हुन सक्छ । प्रसव फिस्टुला भनेको महिलाको योनीबाट निरन्तर रुपमा दिसा, पिसाब वा दुवै चुहिने समस्या हो ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनका अनुसार प्रति १ हजार जना महिला सुत्केरी हुँदा ३ जना महिलामा प्रसव फिस्टुलाको समस्या हुन्छ ।

लामो सयमसम्म प्रसव व्यथा लाग्दा  बच्चाको टाउकोले योनीमार्ग र दिसा तथा पिसाब थैलीलाई धेरै समयसम्म थिच्नु नै फिस्टुला हुने प्रमुख कारण हो ।

प्रसव फिस्टुला हुने अन्य कारण निम्नानुसार छन्,

– सानै उमेरमा बच्चा जन्माउनु,

– लामो सयम र कठिन प्रसव व्यथा लाग्नु,

– दक्ष प्रसूतीकर्मीको सहयोग बिना घरमै प्रसूती गराउनु,

– चोटपटक लाग्नु,

– शल्यक्रिया वा औजार प्रयोग गरी प्रसूति गराउँदा वा अन्य शल्यक्रिया गर्दा दुर्घटनावस प्वाल पर्नु,

– बलपूर्वक यौन सम्पर्क राख्दा वा अन्य कारणबाट योनीमा चोटपटक लाग्नु,

– योनीमा जटिल संक्रमण वा क्यान्सर हुनु ।

प्रसव फिस्टुला रोकथामका उपाय यस्ता छन्

प्रसव फिस्टुलाहुनबाट जोगाउन गर्भवती महिलाको परिवारका सदस्यहरुको मूख्य भूमिका हुन्छ । गर्भवती महिलाको उपयुक्त हेरचाह,नियमित स्वास्थ्य परिक्षण गराउने प्रसवअवस्थामा दक्ष स्वस्थ्यकर्मीको सहयोगमा बच्चा जन्माउदा फिस्टुला हुने सम्भावना हुँदैन ।

प्रसव फिस्टुला हुनबाट बच्न यी कुरामा ध्यान दिनुस्

– स्वास्थ्य संस्थामा दक्ष प्रसूतीकर्मीबाट प्रसूती गराउने,

– सानै उमेरमा बच्चा नजन्माउने,

– किशोरी अवस्थादेखी नै यौन तथा प्रजनन् स्वास्थ्यबारे जानकारी गराउने,

– गर्भवती महिलाले ४ पटक गर्भ जाँच गराउने,

– गर्भवती महिलाले पोषणयुक्त खाना खाने,

– सुत्केरी व्यथा लाग्नेवित्तिकै प्रसूती गराउन नजिकको स्वास्थ्य संस्थामा जाने,

– जन्मान्तरका लागि परिवार नियोजनको साधनको प्रयोग गर्ने ।

प्रसव फिस्टुलाको शल्यक्रिया गरेर उपचार गरिन्छ । सुत्केरी महिलामा प्रसव फिस्टुला देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गइ चिकित्सकसँग सल्लाह र सेवा लिनुपर्छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १ : ५० बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ