बादल र विप्लवको फोटो राखेर बाबुरामले लेखे के इतिहास दोहोरिन लागेको हो? | Khabarhub Khabarhub

बादल र विप्लवको फोटो राखेर बाबुरामले लेखे के इतिहास दोहोरिन लागेको हो?


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लव’को फोटो राखेर ऐतिहासिक प्रसंग कोट्याउँदै नेपालमा इतिहास दोहोरिने त हैन भन्दै आशंक गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत नेपालमा फेरि युद्ध शुरु हुने त हैन् भन्ने शंका पनि जनाएका छन् । उनले लेखेका छन्- ‘मार्क्सले हेगेललाई उद्धृत गर्दै भनेका थिए :‘इतिहास दुइ चोटि दोहोरिन्छ-पहिलो चोटि वियोगान्त (Tragedy) रूपमा र दोश्रो चोटि मजाक (Farce) रूपमा!’’

सरकारले विप्लव नेतृत्वको नेकपालाई अपराधिक भनेको विषयलाई उठाउँदै बाबुरामले लेखेका छन्,-‘नेकपा डबल सरकारले नेकपा बिप्लव समूहलाई ‘अपराधिक’ भन्दै औपचारिक रूपले प्रतिबन्धित गरेको छ र उसका विरूद्ध राज्यको सुरक्षा शक्ति प्रयोग गर्ने घोषणा गरेको छ। एउटा कम्युनिष्ट भन्ने पार्टीको सरकारले अर्को कम्युनिष्ट नै दावी गर्ने समूहलाई यसरी दमन गर्ने तयारी देख्दा विश्व इतिहासका यस्तै केही चर्चित विडम्वनापूर्ण घटनाको सम्झना गराउँछ ।’

डा.भट्टराईले एक सय वर्षपहिलेको जनर्मनीको आन्दोलनलाई पनि नेपालसँग तुलना गरेका छन्-‘आज भन्दा ठीक एक सय बर्ष पहिले सन् १९१९ मा जर्मनीको त्यति वेला Social Democratic Party of Germany (SPD) भनिने सुधारवादी कम्युनिष्ट पार्टीको सरकारले Communist Party of Germany (KPD) भनिने क्रान्तिकारी कम्युनिष्ट पार्टीमाथि दमन गरेर उनीहरूका नेताहरू रोजा लक्जेम्बर्ग, कार्ल लाइभ्नेख्त लगायतको नृसंस हत्या गरेको थियो । त्यसरीनै भारतको पश्चिम बंगालमा सन् १९६७-०७२ मा त्यहाँको सुधारवादी कम्युनिष्ट पार्टी CPM को सरकारले क्रान्तिकारी कम्युनिष्ट पार्टी CPI-MLमाथि भीषण दमन गरेर चारू मजुमदारलगायतका नेताहरूको हत्या गरेको थियो।’

यसरी २ खेमामा विभाजित कम्युनिस्टको अवसान भएको उनको निस्कर्ष सुनाउँदै प्रश्न गरेका छन्, ‘ के नेपालमा पनि त्यही इतिहास दोहोरिन लागेको हो?’

डा भट्टराइले फेसबुकमा लेखेको स्टाटस यस्तो छ :

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ६ : ५५ बजे

‘कुलिङ पिरियड’मा बदमासीबारे रामहरिले भने– छानबिनमा दोषी देखिए कारबाही भोग्न तयार छु

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले

एमालेले भन्यो- झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन

काठमाडौं– सत्तारूढ दल नेकपा एमालेले ‘कुलिङ अफ पिरियड’ हटाएर ल्याइएको

कालिका र राप्तीका दुई हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’ वितरण 

चितवन– पूर्वी चितवनका कालिका र राप्ती नगरपालिकाका पहाडी भेगमा बसोबास

भारतको एक औषधि कारखानामा विस्फोट, ३६ जनाको मृत्यु

हैदराबाद– भारतको दक्षिणी राज्य तेलङ्गानाको एक औषधि कारखानामा सोमबार भएको

झोलुङ्गे पुलले छोटियो यात्रा, स्थानीय भन्छन्- वारिपारि र अर्मपर्म गर्न सजिलो

गुल्मी– वर्षौंदेखि खोलामा पुल नहुँदा स्थानीयले पाँच मिनेटको दूरीमा पुग्न