बादल र विप्लवको फोटो राखेर बाबुरामले लेखे के इतिहास दोहोरिन लागेको हो? « Khabarhub

बादल र विप्लवको फोटो राखेर बाबुरामले लेखे के इतिहास दोहोरिन लागेको हो?


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लव’को फोटो राखेर ऐतिहासिक प्रसंग कोट्याउँदै नेपालमा इतिहास दोहोरिने त हैन भन्दै आशंक गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत नेपालमा फेरि युद्ध शुरु हुने त हैन् भन्ने शंका पनि जनाएका छन् । उनले लेखेका छन्- ‘मार्क्सले हेगेललाई उद्धृत गर्दै भनेका थिए :‘इतिहास दुइ चोटि दोहोरिन्छ-पहिलो चोटि वियोगान्त (Tragedy) रूपमा र दोश्रो चोटि मजाक (Farce) रूपमा!’’

सरकारले विप्लव नेतृत्वको नेकपालाई अपराधिक भनेको विषयलाई उठाउँदै बाबुरामले लेखेका छन्,-‘नेकपा डबल सरकारले नेकपा बिप्लव समूहलाई ‘अपराधिक’ भन्दै औपचारिक रूपले प्रतिबन्धित गरेको छ र उसका विरूद्ध राज्यको सुरक्षा शक्ति प्रयोग गर्ने घोषणा गरेको छ। एउटा कम्युनिष्ट भन्ने पार्टीको सरकारले अर्को कम्युनिष्ट नै दावी गर्ने समूहलाई यसरी दमन गर्ने तयारी देख्दा विश्व इतिहासका यस्तै केही चर्चित विडम्वनापूर्ण घटनाको सम्झना गराउँछ ।’

डा.भट्टराईले एक सय वर्षपहिलेको जनर्मनीको आन्दोलनलाई पनि नेपालसँग तुलना गरेका छन्-‘आज भन्दा ठीक एक सय बर्ष पहिले सन् १९१९ मा जर्मनीको त्यति वेला Social Democratic Party of Germany (SPD) भनिने सुधारवादी कम्युनिष्ट पार्टीको सरकारले Communist Party of Germany (KPD) भनिने क्रान्तिकारी कम्युनिष्ट पार्टीमाथि दमन गरेर उनीहरूका नेताहरू रोजा लक्जेम्बर्ग, कार्ल लाइभ्नेख्त लगायतको नृसंस हत्या गरेको थियो । त्यसरीनै भारतको पश्चिम बंगालमा सन् १९६७-०७२ मा त्यहाँको सुधारवादी कम्युनिष्ट पार्टी CPM को सरकारले क्रान्तिकारी कम्युनिष्ट पार्टी CPI-MLमाथि भीषण दमन गरेर चारू मजुमदारलगायतका नेताहरूको हत्या गरेको थियो।’

यसरी २ खेमामा विभाजित कम्युनिस्टको अवसान भएको उनको निस्कर्ष सुनाउँदै प्रश्न गरेका छन्, ‘ के नेपालमा पनि त्यही इतिहास दोहोरिन लागेको हो?’

डा भट्टराइले फेसबुकमा लेखेको स्टाटस यस्तो छ :

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ६ : ५५ बजे

देवीघाटमा ६० मिटर लामो एक्रोब्रिज बन्दै, चाँडै सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका अधिकांश

बाढीले नाम्रुङमा पुल र जलविद्युतमा क्षति : चुमनुब्रीवासी र पर्यटक समस्यामा

गोरखा – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं– एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’