प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आज « Khabarhub

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आज


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैका सदनको बैठक आज (बुधबार) बोलाइएको छ । प्रतिनिधिसभाको बैठक मध्यान्ह १२ बजेका लागि बोलाइएको छ भने, राष्ट्रियसभाको बैठक दिउँसो एक बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक २०७५’ र ‘भूउपयोग विधेयक २०७५’लाई टेबुल गर्ने कार्यसूची छ ।

त्यस्तै बैठकमा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले राष्ट्रिय खेलकुद विकास विधेयक २०७५ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव मनोहप्रसाद भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ९ : ०८ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय