विप्लवको पार्टीमाथि लगाएको प्रतिबन्धलाई कांग्रेसको समर्थन | Khabarhub Khabarhub

विप्लवको पार्टीमाथि लगाएको प्रतिबन्धलाई कांग्रेसको समर्थन


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धलाई घुमाउरो रुपमा कांग्रेसले समर्थन गरेको छ ।

पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार गम्भीर बन्ने कुराप्रति  र नागरिकको शान्ति शुरक्षा कायम गर्नका लागि सरकारलाई पार्टीको समर्थन रहेको बताएका छन् । उनले संविधान भन्दा बाहिरका गतिविधि नियन्त्रणका लागि, नागरिकको शान्ति सुरक्षाका लागि राज्य कठोर बन्नुपर्ने बताए ।

शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको भएको भन्दै प्रवक्ता शर्माले समस्याको शान्तिपूर्ण निकाश र दीर्घकालिन समस्या समाधानका लागि वार्ता र छलफल गर्नुपर्ने बताए ।

‘कांग्रेस पार्टी हरेक फरक मतको अन्तिम समाधान शान्तिपूर्ण रुपमा वार्ताबाट चाहन्छ’ प्रवक्ता शर्माले भने,‘यसमा सरकार गम्भीर बन्नुपर्छ ।’
संविधान भन्दा बाहिरका गतिविधि नियन्त्रणका लागि र नागरिकको शान्ति सुरक्षाका लागि राज्य कठार भएर जानु पर्ने उनले बताए ।

प्रवक्ता शर्माले सीके राउतसँग गरिएको सम्झौताका विषयमा भने कांग्रेसले समर्थन गर्न नसक्ने बताएका छन् । राउतसँगको सम्झौतामा उल्लेखति बुँदाहरुमा सकारात्मक बुँदा र नकारात्मक बुँदा वा मनोविज्ञान एउटै दस्तावेजमा रहेको उनले बताए  ।

सरकारले सीके राउतसँग घुमाउरो पारामा जनमतसँग्रह स्वीकार गरेको देखिएको भन्दै त्यसप्रति कांग्रेसको गम्भीर विमत्ति रहेको शर्माको भनाइ थियो । जनमतसँग्रह गर्ने गरि गरिएको सम्झौतालाई कांग्रेसले राष्ट्रघाती सम्झौता करार गरेको उनले बताए ।

प्रवक्ता शर्माले मधेशमा देखिएको समस्या समाधानका लागि संविधानमा संशोधन गर्दै अगाडि बढ्नु पर्ने बताए ।

समस्या समाधान गर्न भने सरकारलाई कांग्रेसले साथ दिने प्रवक्ता शर्माले बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ४ : ०५ बजे

इरानमा हमला भएकै दिन तेलको मूल्य ३ प्रतिशत बढ्यो

काठमाडौं – विश्वबजारको महत्वपूर्ण तेल निर्यातकर्ता इरानमाथि इजरायलले मिसाइल आक्रमण गरेकै दिन

हार्दिक पाण्डेयलाई १२ लाख जरिवाना

काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यलाई १२ लाख

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ– गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक

काठेखोलामा आधारभूत अस्पताल निर्माण हुँदै

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको

तातोपानी भन्सारबाट रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा– चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ