नेपालमा लगानी गर्न मलेसियाली लगानीकर्ता इच्छुक: राजदूत पाण्डे « Khabarhub

नेपालमा लगानी गर्न मलेसियाली लगानीकर्ता इच्छुक: राजदूत पाण्डे


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेशियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियाका लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।

सरकारले आगमी चैत १५ र १६ गते गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गरी आयोजना गरिएको प्रचार प्रसार कार्यक्रममा राजदूत पाण्डेले मलेसियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्दा उनीहरुले पनि नेपालमा लगानी गर्न चासो देखाएको जानकारी दिएका हुन् ।

कार्यक्रममा  राजदूत पाण्डेले नेपालमा दुई तिहाईको स्थिर सरकार बनेको र लगानी गर्दा जोखिम नहुने भन्दै मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका  गरे ।   नेपाल लगानी बोर्ड र विश्व बैंक मलेशियाको संयुक्त आयोजनामा बुधबार उक्त कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल लगानीको आकर्षक गन्तव्यको रुपमा रहेको जानकारी दिन दूतावासले प्रचारप्रसारको कार्यलाई पनि तीव्र बनाएको  र  कार्यक्रमहरु पनि  प्रभावकारी बन्दै गएको राजदूत पाण्डेले बताए ।

कार्यक्रममा विश्व बैंक मलेसियाका म्यानेजर फिस राडले नेपालमा लगानी गर्न वातावरण सहजीकरण हुँदै गएकाले मलेसिया नेपालमा लगानी गर्न उत्सुक भइरहेको दाबी गरे ।

त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालका सहसचिव दिनेश भट्टराईले नेपालमा विदेशी लगानी आकर्षित गर्न पछिल्लो समयमा सरकारका तर्फबाट भैरहेको नीतिगत तथा कानूनी सूधारहरु तथा लगानी सम्मेलनबाट लिन सकिने फाईदाहरुबारे विस्तृत प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा मलेशियाका विभिन्न प्रतिष्ठित व्यवसायी, लगानीकर्ताहरु, कम्पनीका प्रतिनिधिहरु लगायत दूतावास तथा विश्व बैंकका पदाधिकारीहरु गरी करिव ४० जनाको उपस्थिति रहेको थियो ।

मलेशिया तथा सिङ्गापुरमा लगानी सम्मेलनको प्रचार प्रसारको लागि अर्थमन्त्रीका सल्लाहकार डा। रामशरण खरेलको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लगानी बोर्डका पदाधिकारी एवं प्रतिनिधिहरु सम्मिलित एक प्रतिनिधिमण्डल गठन गरेको थियो । प्रतिनिधिमण्डलले मलेशियाका लगानीकर्ता तथा लगानी प्रवर्द्धन सम्बन्धि विभिन्न निकायसँग छलफल गरेको दूतवासले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ६ : ०४ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान