कैलाली – दसैँ–तिहारको रमझम सकिएसँगै कैलालीस्थित त्रिनगर–गौरीफन्टा नाकामा भारत फर्कने नेपालीको भीड बढेको छ ।
परिवारसँग चाडपर्वको खुसी साटेर रोजगारी तथा अध्ययनका लागि भारत फर्किनेहरू नाकामा लामबद्ध भएका छन् । सीमा क्षेत्रमा सुरक्षा जाँचका कारण उनीहरू घण्टौँसम्म लाइनमा उभिन बाध्य छन् ।

सुदूरपश्चिम प्रदेशका अधिकांश नागरिक रोजगारी र अध्ययनका सिलसिलामा भारत जाने–आउने क्रममा त्रिनगर–गौरीफन्टा नाका प्रयोग गर्दै आएका छन् ।

चाडपर्व सकिएपछि स्वदेशबाट भारत फर्किनेको चाप बढ्दा नाकामा भीडभाड हुने गरेको छ । नाकामा देखिएको यो दृश्यले एकातिर सीमा व्यवस्थापनको चुनौती देखाएको छ भने अर्कोतर्फ रोजगारीका लागि विदेशिनुपर्ने नेपालीको बाध्यतालाई पनि उजागर गरेको छ ।



















प्रतिक्रिया