जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गर्न पहल गर्छौँ : मन्त्री श्रेष्ठ « Khabarhub

जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गर्न पहल गर्छौँ : मन्त्री श्रेष्ठ


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक र अधिकार सुनिश्चित गर्न मन्त्रालयले आवश्यक पहल गर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्वत जिल्ला शाखाले शनिबार कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले स्थानीय नागरिकको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

मन्त्री श्रेष्ठले सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयास गर्ने बताए।

कार्यक्रमबारे जानकारी दिँदै रास्वपा पर्वतका जिल्ला अध्यक्ष जालबहादुर पुनले स्थानीयका सरोकार सम्बोधन गर्ने विषयमा मन्त्री श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए ।

मन्त्री श्रेष्ठले राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल हुन नसक्ने उल्लेख गर्दै देश र जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीका कार्यकर्तालाई आग्रह गरे।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  २ : २४ बजे

जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गर्न पहल गर्छौँ : मन्त्री श्रेष्ठ

पर्वत- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक

चाडपर्व सकिएसँगै त्रिनगर नाकामा भारत फर्कनेको भीड

कैलाली – दसैँ–तिहारको रमझम सकिएसँगै कैलालीस्थित त्रिनगर–गौरीफन्टा नाकामा भारत फर्कने

मोहनबहादुर बस्नेतले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ- नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री

‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक

काठमाडौँ-पत्रकार तथा अधिकारकर्मी रमेशप्रसाद तिमल्सिनाद्वारा लिखित पुस्तक ‘प्रश्नको घेरामा नेपालको

कांग्रेस एकजुट भएर स्थानीय तह निर्वाचनमा जुट्नुपर्छ : महामन्त्री पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम गर्दै आगामी