नेपालमा लगानी गर्न मलेसियाली लगानीकर्ता इच्छुक: राजदूत पाण्डे « Khabarhub

नेपालमा लगानी गर्न मलेसियाली लगानीकर्ता इच्छुक: राजदूत पाण्डे


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेशियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले मलेसियाका लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।

सरकारले आगमी चैत १५ र १६ गते गर्न लागेको लगानी सम्मेलनलाई लक्षित गरी आयोजना गरिएको प्रचार प्रसार कार्यक्रममा राजदूत पाण्डेले मलेसियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्दा उनीहरुले पनि नेपालमा लगानी गर्न चासो देखाएको जानकारी दिएका हुन् ।

कार्यक्रममा  राजदूत पाण्डेले नेपालमा दुई तिहाईको स्थिर सरकार बनेको र लगानी गर्दा जोखिम नहुने भन्दै मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका  गरे ।   नेपाल लगानी बोर्ड र विश्व बैंक मलेशियाको संयुक्त आयोजनामा बुधबार उक्त कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल लगानीको आकर्षक गन्तव्यको रुपमा रहेको जानकारी दिन दूतावासले प्रचारप्रसारको कार्यलाई पनि तीव्र बनाएको  र  कार्यक्रमहरु पनि  प्रभावकारी बन्दै गएको राजदूत पाण्डेले बताए ।

कार्यक्रममा विश्व बैंक मलेसियाका म्यानेजर फिस राडले नेपालमा लगानी गर्न वातावरण सहजीकरण हुँदै गएकाले मलेसिया नेपालमा लगानी गर्न उत्सुक भइरहेको दाबी गरे ।

त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालका सहसचिव दिनेश भट्टराईले नेपालमा विदेशी लगानी आकर्षित गर्न पछिल्लो समयमा सरकारका तर्फबाट भैरहेको नीतिगत तथा कानूनी सूधारहरु तथा लगानी सम्मेलनबाट लिन सकिने फाईदाहरुबारे विस्तृत प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा मलेशियाका विभिन्न प्रतिष्ठित व्यवसायी, लगानीकर्ताहरु, कम्पनीका प्रतिनिधिहरु लगायत दूतावास तथा विश्व बैंकका पदाधिकारीहरु गरी करिव ४० जनाको उपस्थिति रहेको थियो ।

मलेशिया तथा सिङ्गापुरमा लगानी सम्मेलनको प्रचार प्रसारको लागि अर्थमन्त्रीका सल्लाहकार डा। रामशरण खरेलको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लगानी बोर्डका पदाधिकारी एवं प्रतिनिधिहरु सम्मिलित एक प्रतिनिधिमण्डल गठन गरेको थियो । प्रतिनिधिमण्डलले मलेशियाका लगानीकर्ता तथा लगानी प्रवर्द्धन सम्बन्धि विभिन्न निकायसँग छलफल गरेको दूतवासले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ६ : ०४ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले