न्यूयोर्कमा राष्ट्रपति भण्डारीबाट उच्चस्तरीय भेटवार्ता | Khabarhub Khabarhub

न्यूयोर्कमा राष्ट्रपति भण्डारीबाट उच्चस्तरीय भेटवार्ता


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– संयुक्त राष्ट्रसंघीय महिला आयोगको सम्मेलनमा सहभागि हुन अमेरिकाको न्यूयोर्कमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय भेटवार्तामा सहभागि भएकी छिन् ।

संयुक्त राष्ट्रसंघीय महिला आयोगको ६२ औं सम्मेलनमा सहभागी हुन न्यूयोर्कमा रहेकी राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेज तथा संयुक्त राष्ट्रसंघ महासभाकी अध्यक्ष तथा इक्वेडोरकी पूर्व विदेशमन्त्री मारिया फर्नाण्डा एस्पिनोसा गार्सियससँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेकी छिन् ।

त्यसबाहेक उनले इस्टोनियाकी राष्ट्रपति क्रेस्टी कालुलेइड तथा क्रोएशियाकी राष्ट्रपति कोलिन्दा ग्रेबार किटेरोभिचसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेकी छिन् । भेटवार्ताका क्रममा राष्ट्रपति भण्डारीले विश्वव्यापी मौसम परिवर्तन तथा महिला सशक्तीकरणका विषयमा जोड दिएको बताइएको छ ।

न्यूयोर्क भ्रमण सकेर राष्ट्रपति बिहिबार स्वेदश प्रस्थान गर्ने र शुक्रबार राजधानी काठमाण्डौँ आइपुग्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ८ : २९ बजे

गणतन्त्रवादी नेता खेमराज भट्ट मायालुको निधन 

काठमाडौँ– पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट

चर्चामा एसियाडमा छाउन सक्ने स्टार

चीनको हङझाउमा १९ औं एसियाली खेलकुद सुरु भइसकेको छ। एसियाली

संविधानको निर्मम समीक्षा गर्ने बेला भएको छ

संविधान दिवस मनाइरहँदा संविधानका आधारभूत कुराहरूमा हाम्रो स्वामित्व कति रह्यो

ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना तयार 

काठमाडौँ– सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका

इरानमा हिजाब नलगाउने महिलालाई १० वर्षसम्म जेल सजाय

तेहरान– अब इरानमा महिलाले हिजाब नलगाउने तर टाइट लुगा लगाए