न्यूयोर्कमा राष्ट्रपति भण्डारीबाट उच्चस्तरीय भेटवार्ता « Khabarhub

न्यूयोर्कमा राष्ट्रपति भण्डारीबाट उच्चस्तरीय भेटवार्ता


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– संयुक्त राष्ट्रसंघीय महिला आयोगको सम्मेलनमा सहभागि हुन अमेरिकाको न्यूयोर्कमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय भेटवार्तामा सहभागि भएकी छिन् ।

संयुक्त राष्ट्रसंघीय महिला आयोगको ६२ औं सम्मेलनमा सहभागी हुन न्यूयोर्कमा रहेकी राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेज तथा संयुक्त राष्ट्रसंघ महासभाकी अध्यक्ष तथा इक्वेडोरकी पूर्व विदेशमन्त्री मारिया फर्नाण्डा एस्पिनोसा गार्सियससँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेकी छिन् ।

त्यसबाहेक उनले इस्टोनियाकी राष्ट्रपति क्रेस्टी कालुलेइड तथा क्रोएशियाकी राष्ट्रपति कोलिन्दा ग्रेबार किटेरोभिचसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेकी छिन् । भेटवार्ताका क्रममा राष्ट्रपति भण्डारीले विश्वव्यापी मौसम परिवर्तन तथा महिला सशक्तीकरणका विषयमा जोड दिएको बताइएको छ ।

न्यूयोर्क भ्रमण सकेर राष्ट्रपति बिहिबार स्वेदश प्रस्थान गर्ने र शुक्रबार राजधानी काठमाण्डौँ आइपुग्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ८ : २९ बजे

रास्वपा महामन्त्री बुर्लाकोटी भन्छन् : रवि–मोदी भेट हुन सक्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टी

भारतीय विदेशमन्त्रीसँग रविको भेट

काठमाडौं- भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

नारायणीमा पौडी खेल्नेक्रममा डुबेर एक जना बेपत्ता

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदीमा डुबेर एक जना

प्रधानमन्त्रीको जिम्मेवारपूर्ण जवाफको प्रतीक्षामा छौँ : गुरु बराल

काठमाडौं– नेकपा (एमाले) का सांसद गुरु बरालले आफूहरू प्रधानमन्त्रीको जिम्मेवारपूर्ण

नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य : भारत

काठमाडौं- नेपाल-भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य नहुने भारतले