दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स अनुसन्धानका लागि विदेश पठाइने « Khabarhub

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स अनुसन्धानका लागि विदेश पठाइने


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इथियोपिया– इथियोपियाले दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स थप अनुसन्धानका लागि विदेश पठाउने भएको छ । इथियोपियन एयरलाइन्सको फोरेन्सिक टोलीका अनुसार गत आइतबार भएको विमान दुर्घटनाको विषयमा थप विश्लेषण गर्नका लागि ब्ल्याक बक्सलाई विदेश पठाउन गर्न लागिएको हो ।

यद्यपि ब्ल्याक बक्सलाई कुन देश पठाइने भन्ने स्पष्ट नभइसकेको बताइएको छ । युरोपेली युनियनका प्राविधिकहरुले भने ब्ल्याक बक्समा रहेका डाटाहरुको कुनै युरोपेली मुलुकमा विश्लेषण हुनसक्ने जनाएका छन् । ब्ल्याक बक्स विमान दुर्घटना भएको भोलिपल्ट अर्थात् सोमबार फेला परेको थियो ।

इथियोपियामा ब्ल्याक बक्सका डाटाहरुको विश्लेषण गर्ने प्रविधि नरहेकाले विदेश पठाउनुपरेको इथियोपियाका अधिकारीले जनाएका छन् ।गत आइतबार इथियोपियाको राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको विमान दुर्घटना हुनुको करण अझै स्पष्ट हुन सकेको छैन ।

दुर्घटनामा विमानमा सवार १ सय ४९ यात्री तथा ८ चालक दलका सदस्य गरी सबै १ सय ५७ जनाको मृत्यु भएको थियो । ब्ल्याक बक्सका डाटाहरुको विश्लेषण पछि विमान दुर्घटनामा पर्नुको कारण खुल्ने बताइएको छ ।

यसैबीच दुर्घटनाग्रस्त भएको बोइङ ७३७ म्याक्स ८ विमान उडाउँदै आएका विश्वका दुई तीहाई हवाई सेवा प्रदायक कम्पनीहरुले सुरक्षाको कारण देखाउँदै बोइङ ७३७ म्याक्स विमान नउडाउने घोषणा गरिसकेका छन् ।

गत अक्टोबरमा लायन एअरको बोइङ ७३७ म्याक्स ८ विमान दुर्घटनामा परेयता ७३७ म्याक्स ८ विमान दुर्घटनामा परेको पछिल्लो ६ महिनामा यो दोश्रो पटक हो ।

बोइङ कम्पनीलाई ७३७ म्याक्स ८ विमानको अझै ५ हजारभन्दा धेरै विमान निर्माण गर्न विभिन्न कम्पनीहरुले माग गरेको र पछिल्लो दुर्घटनाले त्यसमा पनि प्रभाव पार्ने बताइएको छ ।

यसबाट बोइङ कमपनीलाई ठूलो आर्थिक घाटा लाग्नुका साथै कम्पनीको साखमा पनि क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १० : ४५ बजे

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय

सरकारको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना : उपसभापति वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले सरकारको

इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन डीसी- इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई

रवि-बालेन्द्रले नै सबै मन्त्रीको नाम टुंग्याउने, केन्द्रीय समितिमा छलफल नहुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वरिष्ठ नेता बालेन्द्र शाह शुक्रबार

ज्ञानेन्द्र शाही भन्छन् : सरकारले भ्रष्टाचारका फाइल खोलोस्, हामी साथ दिन्छौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुशासनका