बागलुङ, पर्वत तथा म्याग्दीमा निःशुल्क कम्प्युटर तालीम « Khabarhub

बागलुङ, पर्वत तथा म्याग्दीमा निःशुल्क कम्प्युटर तालीम


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागलुङ, पर्वत तथा म्याग्दी तीन जिल्लामा एकै साथ २६५ घण्टे निःशुल्क कम्प्युटर हार्डवेयर तालीम शुक्रबारदेखि शुरु गरिएको छ । धवलागिरि बहिरा आवासीय माध्यामिक विद्यालय बागलुङको अयोजना तथा सिटीइभिटीको आर्थिक सहयोगमा बागलुङ, पर्वत तथा म्याग्दीमा तालीम सञ्चालन गरिएको हो ।

बढ्दो वैदेशिक रोजगारीलाई घटाएर युवालाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यका साथ कम्प्युटर हार्डवेयर प्राविधिक तालीम सञ्चालन गरिएको विद्यालयका प्रधानध्यापक रेशमबहादुर श्रीषले जानकारी दिए ।

हार्डवेयरमा सफ्टवेयर राखेर सञ्चालित हुने कम्प्युटरको खराबी, समाधानलगायत हार्डवेयरसम्बन्धी सम्पूर्ण प्रशिक्षण दिइने तालीमका प्रशिक्षक अनन्तविजय श्रेष्ठले बताए । बागलुङसहित पर्वत र म्याग्दीमा तालीम लिन चाहने प्रस्तावित निवेदनबाट छनोट गरी २०/२० जनालाई तालीम प्रदान गर्न थालिएको हो । तालीममा कम्प्युटरका मुख्य र सहायक पाटपुर्जा मर्मत तथा फेरवदल गर्नेलगायतको विषयमा सहजीकरण गरिने बताइएको छ ।

तालीममा एक विद्यार्थीवापत १८ हजार खर्च लाग्ने सिटीइभिटीले जनाएको छ । तालीममा सहभागी विद्यार्थीलाई दिनको ४० रुपैयाँ खाजा खर्चवापत भत्तासमेत उपलब्ध गराइनेछ । तालीमपछि कम्प्युटर मर्मत गरेरै स्वरोजगार बन्ने अपेक्षा राखेको सहभागी दुर्गाकुमारी शर्माले बताए।

बहिरा अपाङ्गता भएकालाई अध्यापन गराउँदै आएको यस विद्यालयले कक्षा १ देखि १० सम्म सामान्य शिक्षा र १० देखि १३ कक्षासम्म कम्प्युटर इञ्जिनीयरिङ विषयमा अध्यापन गराउँदै आएको छ । विद्यालयमा हाल २८० बहिरा अपाङ्गता भएका विद्यार्थीले अध्ययन गरिरहेको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  १२ : ३० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन