खबरहबको झण्डा बोकेर जाङ्ग्बु शेर्पा १६ औं पटक सगरमाथा आरोहण गर्दै « Khabarhub

खबरहबको झण्डा बोकेर जाङ्ग्बु शेर्पा १६ औं पटक सगरमाथा आरोहण गर्दै


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३७ वर्षे जाङ्ग्बु शेर्पा नयाँ अभियानका साथ १६ औं पटक सगरमाथा आरोहण अभियानमा निस्कने तयारीमा छन् ।

यसअघि १५ पटकसम्म सगरमाथाको सफल अरोहण गरिसकेका जाङ्ग्बु शेपार्ल यस पटक भने उनले खबरहबको झण्डालाई विश्वको सर्वोच्च शिखरमा पुर्‍याउने लक्ष्य राखेका छन् ।

‘यो झण्डासहित यो सिजन १६ औं पटक विश्वको सर्वोच्च शिखरमा टेक्न म एकदमै उत्साहित छु ।’ पेभेलियन मिडियाका अध्यक्ष नरेश श्रेष्ठबाट झण्डा लिइसकेपछि खबरहबसँग उनले भने ।

यो सिजन सगरमाथा आरोहण गर्ने चाहनाका साथ उनीजस्ता सयौँ आरोहीहरु सगरमाथाको आधार शिविरमा भेला हुँदैछन् ।

सगरमाथा आरोहण उनका लागि जतिपटक गरेपनि धित नमर्ने कुरा हो । त्यसैले उनी १६ औं पटक सगरमाथा आरोहणको अभियानमा छन् । उनी पछिल्ला १८ वर्षयता आरोहीहरुको गाइड र भरियाका रुपमा सगरमाथा आरोहण गर्न सहयोग गर्दै आएका छन् । उनले पहिलोपटक भने सन् २००३ मा २१ वर्षको उमेरमा सगरमाथाको शिखरमा पुगेका थिए ।

‘यो झण्डालाई विश्वको सर्वोच्च शिखरमा पुर्‍याउने अवसर पाएपछि म धेरै नै उत्साहित छु । यो उत्साहलाई म शब्दमा वर्णन गर्न सक्दिन’ उनले भने ।

उनले खबरहबका अरु ५ वटा झण्डा पनि साथै लैजानेछन् । उनले ती ५ झण्डालाई सगरमाथाको आधार शिविरसहितका ५ शिविरमा पनि पुर्‍याउने छन् ।

खबरहबको झण्डा सगरमाथामा पुर्‍याउने आफ्ना अभियानका बारेमा आफ्ना सहकर्मी र आफूजस्तै आरोहीलाई पनि जानकारी दिने उनको भनाइ छ । उनका अनुसार नेपालको डिजिटल मिडिया खबरहब दिन प्रतिदिन लोकप्रिय बन्दै गइरहेको छ ।

तालिमप्राप्त तथा अनुभवी गाइड समेत रहेका उनले धेरै पर्वतारोहीलाई गाइड गर्दै आएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ३ : ३५ बजे

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ

छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडक

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १