तपाईं प्रतिभाशाली हुनुहुन्छ भने अमेरिकाले दिन्छ ग्रीनकार्ड « Khabarhub

तपाईं प्रतिभाशाली हुनुहुन्छ भने अमेरिकाले दिन्छ ग्रीनकार्ड


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तपाई असाधारण प्रतिभाशाली हुनुहुन्छ भने तपाईलाई अमेरिकाले ग्रिनगार्ड प्रदान गर्दछ ।

अमेरिकी अध्यागमन नियमअनुसार विज्ञान, कला, व्यापार, शिक्षा, खेलकुद लगायत बिभिन्न विद्याका प्रतिभाशालीहरुलाई सजिलैसँग अमेरिकी ग्रिन कार्ड प्राप्त हुन्छ ।

ख्यातिप्राप्त पत्रकार, शिक्षक, कलाकार, गायक, संगितकार, नृत्यकार, फोटोग्राफर, टेलिभिजन कार्यक्रम प्रस्तोता, चित्रकार, मार्सल आर्टसका खेलाडी, प्रशिक्ष्क, टेवलटेनिसका खेलाडी, शिक्षा क्षेत्रका व्यक्तित्व आदिलाई यस विशिष्ट श्रेणीको भिसा र ग्रीनकार्ड केही महिनाभित्रै प्राप्त हुन्छ ।

असाधारण प्रतिभाशालीका पुष्टि गर्न निवेदकले आफ्नो क्षेत्रमा दख्खल रहेको प्रमाणीत गर्ने दस्ताबेजहरु पेश गर्नुपर्दछ ।

कतिपय अवस्थामा तपाईले आफ्नो प्रतिभालाई पुष्टि गर्ने कागजात र प्रमाण पेश गर्न द्विविधा रहेमा अध्यागमन हेर्ने कानून व्यवसायीसँग समेत परामर्श या सहयोग लिनुपर्ने हुनसक्छ ।

यो ग्रिन कार्डका लागि औपचारीक अध्यननको खास जरुरी पर्दैन । यस खालको भिसालाई अमेरिकाले ‘इबी वान’ र ‘इबी टु’ मा बर्गीकरण गरेको छ ।

असाधारण प्रतिभाशाली ग्रिन कार्ड प्राप्त गर्न इच्छुक निवदेकले निम्न प्रमाणहरु पेश गर्नुपर्छ–

– निवेदकले महत्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान पाएको प्रमाण पत्र

– निवेदक प्रतिष्ठित पेशागत संगठनको सदस्य रहेको प्रमाणपत्र

– निवेदकका बारे कुनैपनि राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यममा प्रकाशीत/प्रशारित अभिलेख।

– निवेदक आफ्नो पेशाको विशेषज्ञको हैसियतमा निर्णायक भई अरुको मूल्याङ्कन गरेको प्रमाण

– निवेदकले आफ्नो क्षेत्रमा महत्वपूर्ण योगदान र उपलब्धी हासिल गरेको प्रमाण

– निवेदकका सञ्चारमाध्यममा प्रकाशीत लेख रचना

– निवदेक कार्यरत कम्पनीमा महत्पूर्ण जिम्मेवारी लिइरहेको प्रमाण

– निवेदक कार्यरत स्थानमा अरुभन्दा बढी तलब प्राप्त गरेको प्रमाण

– निवेदकलाई महत्वपूर्ण व्यक्तिहरुले गरेको लिखित सिफारीस

– निवेदकसंग एक दशकभन्दा लामो अनुभव रहेको प्रमाणीत गर्ने कागजात ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ४ : ३४ बजे

गगनलाई वीरबहादुरको चुनौती : हिम्मत भए पूर्णबहादुरलाई कारबाही गरेर देखाऊ

काठमाडौं- नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायरले निवर्तमान

घरबाटै ‘नो अब्जेक्सन’ लेटर लिन सकिने

काठमाडौं– वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र

एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीलाई निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

काठमाडौं- एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि विशेष

दक्षिण लेबनानमा आवागमन पुनः सुरु

बेरुत- इजरायली आक्रमणले तहसनहस बनाएको दक्षिण लेबनानमा युद्धविरामसँगै पुनःस्थापनाको काम

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको