देश आर्थिक समृद्धिको दिशामा अघि बढिसकेको छ – श्रेष्ठ | Khabarhub Khabarhub

देश आर्थिक समृद्धिको दिशामा अघि बढिसकेको छ – श्रेष्ठ


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

गोरखा– नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले देश आर्थिक समृद्धिको दिशामा अघि बढिसकेको बताएका छन् ।

गोरखाको बारपाक सुलीकोट गाउँपालिका–३ स्वाँरामा शनिवार आयोजित सिद्धगुफा मेला एवं सांस्कतिक कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् ।

वर्तमान नेपाल कम्युनिष्ट पार्टी नेतृत्वलाई जनताले सरकारको नेतृत्व गर्न मात्र नभई देशको विकास र परिवर्तनको समेत नेतृत्व गर्न पठाएकाले सरकार त्यही दिशामा अघि बढेको उनको भनाइ थियो ।

देशमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै अब आर्थिक क्रान्ति गर्ने बेला भएको भन्दै उनले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा गठन भएको सरकारबाट मात्र विकास र समृद्धि सम्भव हुने दाबी गरे ।

सङ्घीय सरकार र प्रदेश सरकार बनेको एक वर्ष पूरा भएको तथा स्थानीय सरकार बनेको दुई वर्षमात्र पुग्न लागेको भन्दै प्रवक्ता श्रेष्ठले यो अवधि जनताले सोचेको जस्तो परिवर्तनका लागि पर्याप्त नभएको बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ७ : ४४ बजे

विदेश पठाउने बहानामा १ करोड ८० लाख ठग्ने एक जना पक्राउ

काठमाडौं – लिथुआनिया र रोमानियालगायत मुलुकमा पठाइदिने बहानामा १ करोड

‘टेक एण्ड पे’मा पुनः विचार गर्न सांसदको सुझाव

काठमाडौं– सांसदहरूले ‘टेक एण्ड पे’ प्रावधान विचार गरेर मात्रै लागू

गाजा युद्धविरामसम्बन्धी वार्ता दोहामा पुनः सुरु हुँदै

जेरुसेलम – इजरायल र हामासबीच गाजामा युद्धविराम र बन्धक मुक्तिसम्बन्धी

मधेस झरेको ५० वर्षपछि जग्गाधनी पुर्जा

लुम्बिनी– रुपन्देहीको कञ्चन गाउँपालिका–५, गरगरेका ज्येष्ठ नागरिक भानुभक्त पाध्या (पौडेल)