बुर्किना फासोको चर्चमा आक्रमण, ६ जना मारिए « Khabarhub

बुर्किना फासोको चर्चमा आक्रमण, ६ जना मारिए


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुर्किना फासो- अफ्रिकी मुलुक बुर्किना फासोमा एक चर्चमा आक्रमण हुँदा कम्तीमा ६ जनाको मारिएका छन् भने एक दर्जन बढी घाइते भएका छन् ।

राजधानी वागाडुगुभन्दा उत्तरमा रहेको डाब्लो शहरमा रहेको चर्चमा मानिसहरुले प्रार्थाना गरिरहेका बेला २० देखि ३० जनाको समूहमा आएका बन्दुकधारीले जथाभावी गोली चलाएको अधिकारीले जनाएका छन् । बन्दुकधारीको आक्रमणमा एक जना पादरी समेत मारिएको जनाइएको छ । चर्चमा आक्रमण भएपछि हाल डाब्लो शहरमा आतंकको त्रासले मानिसहरु बाहिर समेत निस्कन नसकेको एएफपीले जनाएको छ । यता नजिकै शिविर बनाएर बसेको सेनाले आक्रमणका बेला कुनै कारवाही नगरेको भन्दै स्थानीय आक्रोशित रहेको बताइएको छ ।

बुर्किना फासोमा पछिल्ला केही महिनायता इसाई धर्मावलम्बीलाई लक्षित गरी बेला बेला आक्रमण हुँदै आएका छन् । पछिल्लो आक्रमणमा कुन समूहको संलग्नता छ भन्ने स्पष्ट नभए पनि त्यस क्षेत्रमा सक्रिय इस्लामिक अतिवादीले यस्ता आक्रमणहरु गराउँदै आएका छन् । गत शुक्रबार फ्रान्सेली सेनाको विशेष फौजले लडाकुको नियन्त्रणमा रहेका चार बन्दीलाई रिहा गर्न विशेष कारवाही चलाएको थियो । कारवाहीका क्रममा दुई फ्रान्सेली सैनिक मारिएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  १२ : २६ बजे

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट